Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, June 15, 2015

रक्त सञ्चार सेवा भवन निर्माणका लागि प्रसाई परिवारद्वारा एकलाख सहयोग


सुरुङ्गा(झापा)३२ जेठ । झापाको बिर्तामोडस्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा भवन निर्माण पूरा गर्नका लागि स्व. सिके प्रसाईं र श्रीमती गिरीराजकुमारी प्रसाईंको नाममा प्रसाईं परिवारले एक लाख रुपैयाँ प्रदान गरेको छ ।
आज एक कार्यक्रमका बीच विवेक केशरी प्रसाईं र संगीता प्रसाईंले आफ्ना माता पिताको नाममा उक्त रकम रेडक्रस झापाका सभापति लोकराज ढकाल र बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
भवन निर्माणका लागि जिल्ला शाखाले १० लाख रुपैयाँ उपलब्ध गराएको र २२ लाख भन्दा बढी रकम बिर्तामोड क्षेत्रकै दाताहरुबाट जुटाइएको रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।



उपशाखा सभापति शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति ढकाल र उपशाखा सल्लाहकार मदन ढकालले मानवीय सेवाका लागि प्रसाई परिवारले गरेको सहयोगप्रंति धन्यवाद ज्ञापन गर्नुभयो ।
बिर्तामोडको पञ्चकन्यामा रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा भवनको तेस्रो तला निर्माण अन्तिम चरणमा पुगेको छ ।
झापाको भद्रपुरमा २०३९ सालमा रक्त सञ्चार सेवा शुरु भएपछि सेवालाई विस्तार गर्ने क्रममा रेडक्रसले २०५६ सालमा दमक र २०७१ सालबाट बिर्तामोडमा समेत सेवा शुरु गरेको हो ।
यसैबीच झापामा केही दिन यता रगतको अभाव देखिएको छ । रगतको अभावसँगै रेडक्रसले विभिन्न निकाय तथा संघ संस्थालाई तालिका मिलाएर नियमित रक्तदानका लागि आव्हान गरेको रेडक्रस झापाका सभापति ढकालले बताउनुभयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।