Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, June 15, 2015

दुई नावालिकालाई अनुचित कार्य गरेको आरोपमा १३ वर्षीय वालक पक्राउ


सुरुङ्गा(झापा)३२ जेठ । दक्षिणी झापाको जलथलबाट प्रहरीले आज दिउँसो दुई नावालिकालाई  जवरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय वालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलथल–२ निवासी सुवाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले छिमेकी राई थरका दुई नावालिकालाई चिया वगानमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

केही दिन अगाडिदेखि तामाङले ६ र ७ वर्षीया पीडित वालिकालाई चिया वगानमा लाँदै जवरजस्ती करणी गर्ने गरेको उजुरीका आधारमा आज दिउसो उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय  कार्यालय झापाले जनाएको छ ।
पीडित वालिकाको आज नै मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको र वालकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अगाडि बढाइएको बताइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।