Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, June 15, 2015

भद्रपुर उच्च माविका लागि अस्थायी टहरा बनाउँदै विद्यार्थी


सुरुङ्गा(झापा)३२ जेठ । एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी झापाले भद्रपुरमा रहेको भद्रपुर उच्च माध्यमिक विद्यालयको  चार कोठे अस्थाई टहरा निर्माण कार्य सुरु गरेको छ ।
गत वैशाख १२ गते गएको भूकम्पले विद्यालय भवनको माथिल्लो ४ वटा कोठामा बस्न नमिल्ने गरी चर्किएपछि विद्यार्थी संगठनले जनश्रमदान गरी पठनपाठनमा सहज बनाउन अस्थायी टहरा निर्माण कार्य सुरु गरेका हुन् ।

झापाको भद्रपुर उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले चर्किएरपछि अस्थायी टहरा निर्माण गर्दै विद्यार्थी । तस्बिर ः सुरेन्द्र भण्डारी,(सुरुङ्गा)झापा–रासस



 बिद्यालयको दक्षिण तर्फको चौरमा सिमेन्टको पिलर, बाँस, टिन, चित्रा लगायतका सामग्रीको प्रयोग गरेर बिद्यालयका लागि अस्थाई कक्षा कोठा निर्माण भइरहेको प्रधान्ध्यापक कुलबहादुर गरङले बताउनुभयो ।
 जिल्ला दैवी प्रकोप उद्धार समिति झापाले दिएको दुई लाख रुपैयाँ सहयोगबाट खरिद गरिएको सामग्री र अखिलका बिद्यार्थीको श्रमदानबाट अस्थाई भवन निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
विद्यालयको अस्थायी टहरा निर्माणका लागि अखिल क्रान्तिकारीका १५ जना विद्यार्थीको टोलीले काम सुरु गरेको बताइएको छ । केन्द्रीय सचिवालय सदस्य महेन्द्र भट्टराईका अनुसार  विहीवारसम्ममा टहरा निर्माणकार्य सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरिने छ । टहरा निर्माणमा सचिवालय सदस्य भट्टराई, जिल्ला अध्यक्ष रबी बस्नेत, सचिव अनिल सुवेदी लगायतले काम गरिरहेका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।