Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, June 1, 2015

अब न्यूरो सम्वन्धी सम्पूर्ण उपचार बिर्तामोडमा नै हुने


सुरुङ्गा (झापा) १८ जेठ ।  न्यूरो सम्वन्धी सम्पूर्ण उपचारका लागि अब मेची अञ्चलवासीले अन्यत्र जानु नपर्ने भएको छ ।
मेची अञ्चलमा नै पहिलो पटक पाँच अर्ब रुपैयाँको लागतमा गत फागुनबाट सञ्चालनमा आएको सात सय  शैयाको  ‘बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’बिर्तामोडले न्यूरो सर्जरी सेवा सुरु गरेसंगै अञ्चलवासीले उपचारका लागि अन्यत्र जानु नपर्ने भएको हो । निजीस्तरको नेपालकै ठूलो र सुविधा सम्पन्न अस्पतालको रुपमा सञ्चालनमा आएको उक्त अस्पतालले पहिलो पटक झापा खुदुनाबारी–१ निवासी ८५ वर्षीय कृष्णप्रसाद ढुङ्गेलको टाउकोको जटिल शल्यक्रिया गर्दै न्यूरो सर्जरी सम्वन्धी सेवा आजबाट सुचारु गरेको अस्पतालका  कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो ।


अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बूले ढुङ्गेलको टाउकाको सफल शल्यक्रिया गर्नुभएको आज अस्पताल प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । ८५ वर्षीय ढुङ्गेलको हड्डीमा प्वाल पारेर टाउकोभित्र जमेको रगत निकालिएको बताइएको छ ।



यस्तो शल्यक्रिया दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि र साधन–स्रोत भएका अस्पतालमा मात्र सम्भव हुने न्यूरो सर्जन डा. लिम्बूले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले बी एण्डसी अस्पताल र आफूलाई विश्वास गर्दै विरामी ल्याएर उपचार गरेको प्रति  बिरामीका परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
यता ढुङ्गेलका नाति देशबन्धुले  शल्यक्रियापछि आफ्ना हजुरबुवाको स्वास्थ्य स्थिति सामान्य भएको बताउँदै अस्पताल प्रशासनलाई धन्यवाद दिनुभयो 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।