Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, June 28, 2015

तीनलाख विरुवा रोप्दै मनकामना सामुदायिक वन



सुरुङ्गा (झापा)१३ असार । मनकामना सामुदायिक वन राजगढले वन दसको अवसर पारेर आफ्नो सामुदायिक वन क्षेत्रभित्र वृक्ष रोपण कार्य सुरु गरेको छ ।
 जिल्ला वन कार्यालय झापा र भिलेज होप नामक संस्थाको सहयोगमा वृक्ष रोपण कार्य सुरु गरेको मनकामना सामुदायिक वन राजगढका अध्यक्ष तुलसीप्रसाद ढकालले बताउनुभयो । ढकालका अनुसरा आफ्नो सामुदायिक वन क्षेत्रको ७२ हेक्टर खाली जमिनमा झण्डै तीनलाख विरुवा रोपिदैछ । समूहले कार्वन सञ्चितका लागि टीक,मसला, चाइनिज सिमल,लटर, टाँकी, खमारी, वाँस लगायतका विरुवा रोप्न सुरु गरेको र अहिले सम्ममा एकलाख ५० हजार विरुवा रोपिसकेको सामुदायिक वनका अध्यक्ष ढकालले बताउनुभयो ।
दिनानु दिन सामुदायिक वन अतिक्रमणको चपेटामा परेको र त्यसलाई रोक्दै सामुदायिक वनलाई जिल्लामा नै नमूना बनाउन यतिधेरै विरुवा एकै पटक रोप्न सुरु गरेको उहाँको भनाई छ । झण्डै पचास लाख रुपैयाँको लागतमा सुरु गरिएको वृक्ष रोपण अभियान १५ दिन भित्र सम्पन्न गर्ने बताइएको छ । सामुदायिक वनले एक महिना अगाडिबाट नै आफ्नो सामुदायिक वन क्षेत्र भित्र  चरिचरण बन्द गर्दै वन हेरालुको समेत व्यवस्था गरेर वृक्ष रोपण कार्य सुरु गरेको अध्यक्ष ढकालको भनाई छ ।



५ सय ७२ हेक्टर क्षेत्रफल भित्र  रहेको सामुदायिक वनले  वन्यजन्तुको समेत सुरक्षाका लागि नयाँ योजना अगाडि सारेको बताउदै अध्यक्ष ढकालले भन्नुभयो–‘ हिउद सम्ममा विरुवा सरेर हुर्किन थाल्छन् अनि हामी वन्य जन्तु संरक्षणका लागि नयाँ योजनाका साथ काम गछौं ।’
यता वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको भिलेज होपका महासचिव रामहरि खड्काले आफू र आफ्नो संस्थाले सामुदायिक वनको संरक्षण गर्दै स्थानीयवासीलाई समेत रोजगारीको अवसर सृजना गर्न मनकामना सामुदायिक वनमा वृक्ष रोपण कार्य सुरु गरेको बताउनुभयो । उहाँले अमेरिकाको क्यालिर्फोनियामा रहेका आफ्ना दाजु शिव खड्काले वन र वातावरण संरक्षणका लागि आर्थिक सहयोग गरेसंगै जिल्ला वन कार्यालय झापा र मनकामना सामुदायिक वनसंग समन्नवय गर्दै वृक्ष रोपण कार्य अगाडि बढाएको बताउनुभयो । यता जिल्ला वन कार्यालय झापाका अधिकृत इन्द्रमणि भण्डारीले जिल्लामा यो कार्य अत्यान्त राम्रो र यसलाई सफल बनाउन सबैएक जुट हुनुपर्ने बताउनुभयो । समुदायमा हस्तान्तरण नै नभएको बनले यतिठूलो कार्यक्रम चलाउनु झापामा मात्र नभई नेपालमा नै उदाहरणीय कार्यको सुरुवात हो अधिकृत भण्डारीले भन्नुभयो ।

जिल्ला वन पनि ४५ हेक्टर क्षेत्रफलमा विरुवा रोप्दै
एक घर एक विरुवा, एक गाउँ वन एक, एक नगर अनेक उद्यान भन्ने मूल नाराका साथ जिल्ला बन कार्यालय झापाले वन दसकको अवसर पारेर जिल्लाका सातै निर्वाचन क्षेत्रमा वृक्ष रोपण कार्यलाई तीव्र बनाएको छ । कार्यालयले निर्वाचन क्षेत्र नम्वर १ को वाहुनडाँगी,मेचीनगर नगरपालिका क्षेत्र नम्वर २ को ज्यामिरगढी र हल्दिवारी, क्षेत्र नम्वर ३ को केचना र  पाठामारी, क्षेत्र नम्वर ४ को वुधवारे र कनकाई नगरपालिका, क्षेत्र नम्वर ५ मा कुमरखोद र टाघनडुव्वा, क्षेत्र नम्वर ६ को गौरादह र महाभार तथा क्षेत्र नम्वर  ७ मा धरमपुर र लखनपुरमा वृक्ष रोपण गरिरहेको जिल्ला वन कार्यालय झापाका प्रमुख इन्द्रमणि भण्डारीले बताउनुभयो । वन दसकको अवसरमा झापामा ४२ हेक्टर क्षेत्रफलमा विरुवा रोपिने र अहिलेसम्म ८० हजार विरुवा रोपिसकिएको जिल्ला वन अधिकृत भण्डारीले बताउनुभयो । कार्यालयले सिमल, खयर, मसला,खमारी लगायतका विरुवा रोपिरहेको उहाँको भनाई छ । वन दशकका लागि छुट्याइएको ५४ लाख ६० हजार रुपैयाँले जतिसक्दो धेरै क्षेत्रफलमा विरुवा रोपिने भण्डारीको भनाई छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।