Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, June 14, 2015

अर्नाको आक्रमणबाट एकको मृत्यु, चार घाइते



सुरुङ्गा (झापा), ३२ जेठ । जङ्गली अर्नाको आक्रमणबाट आज बिहान झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

चारआलीको जङ्गलबाट निस्किएको अर्नाले आक्रमण गर्दा विर्तामोड नगरपालिका–९ निवासी १८ वर्षीय बोलु सतारको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।


अर्नाको आक्रमणबाट ५८ वर्षीय केरकेरु राजवंशी, ६० वर्षीया ललिता राजवंशी, उनकै छोरी ३० वर्षीया पूर्णिमा राजवंशी, सतार र गरामनी–७ निवासी दीपक चम्लगाईं घाइते भएको भएका छन् । घाइते चार जनाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।




अर्ना गाउँ पसेर अन्धाधुन्ध आक्रमण गर्दा उनीहरु घाइते भएको र घाइतेमध्ये केरकेरुको पेटमा गम्भीर चोट लागी आन्द्रा बाहिर निस्किएको र ललिताको अनुहारमा चोट लागेको बताइएको छ । रासस 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।