Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, June 1, 2015

झापामा बढ्दो यौन हिंसा



सुरुङ्गा(झापा) १८ जेठ ।  बालिका बलात्कारको आरोपमा पक्राउ परेका कृष्ण प्रणामी मन्दिर माइधारका सञ्चालक मोहनानन्द सुवेदीको घटना सेलाउन नपाउदै झापामा आफ्नै वावुले १२ वर्षीया छोरीलाई बलात्कार गर्ने गरेको  घटना आज सार्वजनिक भएको छ ।
श्रीमती वैदेसिक रोजगारीको सिलसिलामा तीन वर्ष अगाडि कुवेत गएसंगै गरामनी –९ निवासी राई थरका एक व्यक्तिले आफ्नै छोरीलाई जवरजस्ती करणी गर्ने गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा आज उजुरी परेसंगै घटना सार्वजनिक भएको हो ।
कुवेत गएकी आमा घर फर्किए लगत्तै घटनाका वारेमा पीडित बालिकाले आमालाई सुनाएपछि राईले तीन दिन अघि आत्महत्या गर्न घाँटीमा पासो लगाएर झुण्डिने प्रयाससमेत गरेको प्रहरीले जनाएको छ । राई झुण्डिने क्रममा गाउँलेले देखेपछि डोरी काटेर उनको उद्धार गरिएको बताइएको छ । गाउँलेले उनलाई उद्धार गरेपनि आफ्नो कर्तुत छल्न उनी फरार भएको स्थानीयबासीको आरोप छ ।



तीन दिन अघि गाउँलेलाई झुक्याउदै फरार भएका राईको अहिले खोजीकार्य तीव्र पारिएको  इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  यता पीडित वालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी उत्तरी झापाको  खुदुनावारी–२ निवासी नरदेव दनुवार स्थानीय १४ बर्र्षीया बालिकालाई बलात्कारको प्रयास गरको आरोपमा आज पक्राउ परेका छन् । उनले गत  शनिवार बेलुका शनि–अर्जुन नगरपालिका–३ निवासी तामाङ थरकी एक बालिकालाई बलात्कारको प्रयास गरेको बताइएको छ । पीडित वालिकाले आफूलाई दनुवारले जवरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीलाई खवरगरेसंगै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । वालिकालाई  वलात्कार गर्न खोज्ने दनुवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।