Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, June 29, 2015

झापामा सनपाटको खेती घट्दै

सुरुङ्गा(झापा) १४,असार ।  ११ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको सनपाट मजदुर अभावका कारण झापामा यसको खेती विस्तारै घट्दै गएको छ ।
जिल्ला कृषि बिकास कार्यालयले दिएको जानकारी अनुसार उत्पाद खर्चमा महंगो भएको र मजदुरसमेत अभाव भएका कारण झापामा अहिले ६ सय २० हेक्टर क्षेत्रफलमा मात्र सनपाटको खेती हुने गरेको छ । वैदेसिक रोजगारीको सिलसिलामा युवा विदेसिएपछि प्रत्येक वर्ष सनपाटको खेती  ५ हेक्टर घट्दै गइरहेको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि प्राविधिक  शालीकराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा  तोषा र तीता पाटाको खेती हुँदैआएको छ ।

झापाको गौरीगञ्ज,वैगुनधुरा,कोरोवारी,राजगढ,घेरावारी लगायत गाविसमा  बसोवास गर्ने आदिवासी समुदायले मात्रै यसको खेती गर्ने गरेको भट्टराईले बताउनुभयो ।
कागज उद्योग तथा कुटीर उद्योगमा डाली तथा झोला,डोरी,वोरा आदि बनाउनका लागि यसको प्रयोग गरिने गरेपनि अहिले घरायसी काममा मात्र यसको प्रयोग हुन्छ उहाँले भन्नुभयो ।



    सनपाट खेतीका लागि यस्तो हावापानी आवश्यक 
सनपाट खेती उष्ण तथा आर्द्रतायुक्त हावापानीमा हेने गरेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । यसका लागि  २४० देखि ३७० सम्म तापक्रम हुनु पर्छ । निरन्तरको वर्षा वा पानी जम्नु हानीकारक हुनेहुँदा ४० देखि ६० इन्च सम्मको वर्षा सनपाटका लागि उपयुक्त हुनेगरेको कृषि प्राविधिक भट्टराईले बताउनुभयो । बालुवा मिश्रित पाँगो माटो वा चिम्ट्याइलो पाँगो माटोमा सनपाटको खेती फस्टाउने गरेपनि केही सयम अघिसम्म झापाको सवै ठाउँमा सनपाट खेती हुने गरेको बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।