Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, June 14, 2015

दुर्घटना न्यूनीकरणका लागि बिर्तामोडमा ट्राफिक सचेतना


सुरुङ्गा (झापा) ३१ जेठ । पैदल यात्रीलाई जेब्रा क्रसिङबाट मात्र बाटो काट्न, सवारी चालकलाई सिट बेल्ट बाँध्न, मोटरसाईकल चालकलाई हेलमेटको क्लिप लगाउन,सवारी चलाउँदा आवश्यक कागजात बोक्न अनुरोध गर्दै झापाको बिर्तामोडमा ‘टिम रिभोलुशन’का पदाधिकारीले आज सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासंग सहकार्य गर्दै ‘टिम रिभोलुशन’का पदाधिकारीले आज विहान झण्डै ४ घण्टा सचेतना कार्यक्रम सञ्चालन गरे ।

झापामा सवारी दुर्घटना बढेको जनाउँदै त्यसलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइको छ । कार्यक्रममा सहभागी युवाले ट्राफिक नियमको उल्लङ्घन नगर्न आग्रह गर्दै सबैलाई जेव्राक्रसिङबाट मात्र सडक पार गर्न अनुरोध गरिएको छ ।
कार्यक्रममा बोल्दै युवाहरुसँगको सहकार्यले मानिसलाई  सजग गराउन सहज भएको जिल्ला  ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्य बताउनुभयो ।  ट्राफिक प्रहरीले आग्रह गर्दा अटेर गर्ने समूहले पनि युवाहरुको आग्रहलाई सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो ।
ट्राफिक भोल्यून्टियरका रुपमा काम गरेको संस्था ‘टिम रिभोलुशन’ २ महिना अघि जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको बताइएको छ । यस संस्थाले २०÷२० दिनमा ट्राफिक जनचेतना फैलाउने, सामाजिक सचेतनाका कार्य गर्ने, समाज विकासमा योगदान पु¥याउने लक्ष्य लिएको बताइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।