Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, June 28, 2015

झापामा यसवर्ष ९२ हजार मेट्रिकटन चैते धान उत्पादन,
वर्षे धान पनि १२ प्रतिशत क्षेत्रफलमा रोपियो

सुरुङ्गा (झापा) १३ असार । पर्याप्त वर्षा भएका कारण यस वर्ष झापाका चैते धानको उत्पादनमा वृद्धि भएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार यसवर्ष झापाको  कूल खेतीयोग्य जमिन मध्ये १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  चैते धान लगाइएको थियो । जसमा  प्रतिहेक्टर ४.६ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार यो वर्ष ९२ हजार मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर ४.१ मेट्रिकटन धान उत्पादन भएको भट्टराईले बताउनुभयो ।
झापामा  ९८ हजार ७ सय १६ हेक्टर क्षेत्रफल मध्ये ९० हजार हेक्टर जमिनमा धान खेति हुँदै आएपनि  यो वर्ष १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  मात्र चैते धान खेती गरिएको  जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
झापाको कुल खेतीयोग्य जमिनको ९१ प्रतिशत क्षेत्रफलमा वर्खे धान र २० प्रतिशत क्षेत्रफलमा मात्र चैते धान खेती हुने गरेको कृषि प्राविधिक भट्टराईले जानकारी दिनुभयो ।

                    झापामा १२ प्रतिशत रोपाई भयो
मनसुन सक्रिय भएर असारको सुरुवात देखिनै झापामा पानी पर्न थालेसंगै यहाँका कृषकले १२ प्रतिशत क्षेत्रफलमा रोपाई गरेका छन् । गत वर्षभन्दा मनसुन राम्रो भएका कारण १२ प्रतिशत क्षेत्रफलमा रोपाई भएको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि प्राविधिक भट्टराईले जानकारी दिनुभयो । गत वर्ष असार १५ सम्ममा ५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई भएको थियो । झापामा अघिल्लो वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा वर्खे धान लगाईको थियो । जसमा प्रतिहेक्टर ४.१५ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ ।


                  उन्नत जातको खेती गर्दै कृषक
अन्र्तराष्ट्रिय धान वाली विकास कार्यक्रम मार्फत ‘इधि’नामक संस्थाले जिल्ला कृषि विकास कार्यालय झापालाई उन्नत जातको धानको वीऊ उपलव्ध गराएपछि यहाँका कृषकले पनि उन्नत जातकै धान खेती सुरु गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय झापाले ४२ हजार मेट्रिकटन धानको बीऊ कृषकलाई निःशुल्क उपलव्ध गराएपछि ९० प्रतिशत कृषकले उन्नत जातको धान खेती सुरु गरेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । कृषकका लागि साम्वा मनसुली,सोर्णसव–१,खुम्वा–१ र खुम्वा –३ गरी ४ प्रकारको उन्नत जातको धानको वीऊ बितरण गरेको बताइएको छ । उत्पादनमा वृद्धि हुने गरेका कारण झापाका कृषकले केही समय अघिदेखि नै उन्नत जातको धान खेती गर्न सुरुगरेपनि यसवर्षबाट व्यवसायिक रुपमा नै उन्नत जातको धान खेती यहाँका कृषकले सुरु गरेको  जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
यहाँका १० प्रतिशत कृषकले मात्र स्थानीय जानको धान उत्पादन गर्दै आएका छन् ।

                   धान दिवसको तयारी पूरा
धान खेतीमा यान्त्रिकी करण,उत्पादन लागतमा न्यूनीकरण भन्ने मूल नाराका साथ जिल्ला कृषि विकास कार्यालय झापाले यस वर्ष धान दिवस झापाको महारानी झोडामा मनाउने भएको छ ।
दिवसको पूर्व सन्ध्यामा  पत्रकारहरुसंग कुराकानी गर्दै  जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेधराज तिम्सिनाले दिवसको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँले यसवर्ष वेठी वाजा बजाउँदै मेसिन राईस ट्रान्सप्लान्टबाट धान रोपाई गरिने बताउनुभयो । दिवसकै अवसर पारेर उत्कृष्ठ कृषकलाई पुरस्कृत गरिने र रोपाई दौड प्रतियोगिताको समेत आयोजना गरिने बताउनुभयो । धान दिवस नेपालमा २०६१ सालबाट मनाउन सुरु गरिएको छ ।  

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।