Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 8, 2015

झापामा विषादीको प्रयोग १५ प्रतिशतले घट्यो



सुरुङ्गा(झापा)२३ असार । कृषक र सरकारी स्तरबाटै अग्र्यानिक उत्पादनका लागि जोड दिदै आइपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेपछि झापाका विषादीको प्रयोग  १५ प्रतिशतले घटेको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्र खरेलका अनुसार झापाली कृषकले विषादीको सट्टा जैविक तथा वनस्पती विषादी उत्पादन गर्दै यसको प्रयोग गर्न थालेसंगै भारतबाट भित्रने विषादीमा कमी आएको  छ  । गत वर्ष भारत लगायत तेस्रो देशबाट ३० मेट्रिकटन विषदी भित्रिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
जोखम मोलेर विषदी छर्कदै ;
झापाको चकचकीमा रहेको  चिया बगानमा विषादी छर्कदै गरेका एक मजदुर । बगानमा काम गर्ने मदुरमा विषदीका कारण श्वासप्रश्वास, आँखा, हातखुट्टा, छाला र गुप्ताङ्गमा नकारात्मक पर्ने गरेपनि वगानमा काम गर्ने मजदुर कुनै सुरक्षा नअपनाई जोखिम मोलेर विषदी छर्कने गरेका छन् ।

बढ्दो विषादीको प्रयोगले श्वासप्रश्वास, आँखा, हातखुट्टा, छाला र गुप्ताङ्ग लगायत मानव स्वास्थ्यमा  नकारात्मक प्रभाव पर्न थालेसंगै कृषकले वनस्पती जन्य विषादी प्रयोग गर्न सुरु गरेका छन् जिल्ला कृषि विकास कार्यालय झापाका वालि संरक्षण अधिकृत खरेलले भन्नुभयो ।
किटनासक,ढुसीनासक लगायत झोल र धुलो विषादी सबैभन्दा बढी भारतबाट कृषकले चिया तथा तरकारी खेतीका लागि ल्याउने गरेका थिए तर अहिले त्यो अवस्था छैन भन्दै उहाँले भन्नुभयो –‘कृषकले आइपीएम प्रविधिबाट चिया तथा तरकारी खेतीगर्न थालेपछि विषादीको प्रयोगमा कमी आएको छ ।’



भारत सरकारले अधिकतम विषादीको अवशेसको स्तर निर्धारण गरेसंगै झापाका धेरै कृषकले आइपीएम पद्धतिबाट चिया खेती गरिरहेका छन् । जसबाट पनि विषादीको प्रयोगमा कमी आएको हो जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत खरेलले भन्नुभयो । जिल्ला कृषि कार्यालय झापाले महेसपुरको पराजुली टि स्टेट,जलथल – ४ र हल्दिवारी –३ मा आइपीएम प्रविधिबाट चिया खेती गर्न तालिम प्रदान गरेसंगै धेरैजसो चिया कृषकले रसायनिक विषादी प्रयोग गर्न छाडेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । चियामा अग्र्यानिक प्रमाणीकरणका लागि सरकारले समेत ५० प्रतिशत रकम अनुदान दिने भनेपछि सुरेन्द्रनगर सानाकिसान चिया सहकारी संस्था वाहुँनडागी , तारखी साना किसान सहकारी संस्था आँपडाँगी र पथरीयामा रहेको चिया वगानले अग्र्यानिक चिया खेती गरिहेको चिया तथा कफी विकास वोर्डका प्रमुख  इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार मेची नगर नगरपालिका , जलथल,लगायतका स्थानमा  रहेका वगानमा एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति अनुसार चिया खेती गर्न सुरु गरिएको छ ।
यता तरकारी खेतीमा पनि कृषकले रासायनिक विषदी प्रयोग गर्न छाडेपछि  यसको प्रयोगमा कमी आएको बताउनुहुन्छ जिल्ला कृषि विकास कार्यालय झापाका सूचना अधिकारी शालीकराम भट्टराई । भट्टराईका अनुसार सुरुङ्गा,शान्तिनगर, वाँहुनडाँगी लगायतमा व्यवसायिक तरकारी खेती गर्दै आएका कृषकले रसायनिक विषादीको सट्टा वनस्पती जन्य विषादी प्रयोग गर्न थालेपछि झापामा विषादीको प्रयोगमा कमी आएको हो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।