Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 8, 2015

सुत्केरी विदाको तलव पुरुष शिक्षकले लिएको खुलासा


सुरुङ्गा(झापा)२३ असार । महिला शिक्षकले पाउँदै आएको सुत्केरी विदाको तलव सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ ।
झापाको डाँगीवारी – ९ मा सञ्चालित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तीलरुपा अधिकारी निरौलाले  पाउँने सुत्केरी विदाको तलव सोही विद्यालयमा कार्यरत शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसंगै यस्तो रहस्य खुलासा भएको हो । गत मंसीर २२ गते सुत्केरी भएकी शिक्षक तीलरुपा मंसीर ११ गतेबाट माघ ११ गतेसम्म दुई महिना सुत्केरी विदा बस्नुभएको थियो ।

कक्षा ११ र १२ लाई नेपाली विषय पठन पाठन गराउदै आउनुभएकी शिक्षक तीलरुपाले विदा अवधिको तलव नपाएपछि खोजी गर्दा विद्यालयका प्राचार्य लेखनाथ कटुवालले  सो समयको तलव पौडेललाई दिएको भनेपछि उहाँ सुत्केरी हुँदा पाउँने सेवा सुविधा लिनबाट बञ्चित हुनुभएको हो ।




शिक्षा नियमावलीको परिछेद १९ मा शिक्षकले सुत्केरी विदा सुत्केरी अघि वा पछि ६० दिन पाउने व्यवस्या छ । सुत्केरीविदा बढीमा दुई पटकसम्म मात्र पाईने व्यवस्था नियमावलीमा उल्लेख भएपनि  आफूले  पहिलो सन्तान जन्मनुअघि विद्यालयबाट सुत्केरी विदा लिएको शिक्षक निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो –‘म सुत्केरी विदा लिएर बसेको समयमा विद्यालयका प्रार्चाय कटुवाल सरको ‘इन्टे«स’मा व्यवस्थापन समितिको बैठक राखेर निर्णय गर्दै मैले पाउँने १२ हजार तलव पौडेल सरलाई दिइएको रहेछ ।’
गत फागुन ९ गते वसेको व्यवस्थापन समितिको वैठकले सुत्केरी विदा अवधिको तलव पौडेललाई दिने निर्णय गरेको बताइएको छ ।

यस विषयमा विद्यालयका प्राचार्य लेखनाथ कटुवालसंग जिज्ञासा राख्दा निजी श्रोतबाट उच्च मावि सञ्चालन गरेकाले शिक्षक तीलरुपा सुत्केरी विदा बसेको समयमा उहाँको विषय पढाउने शिक्षक पौडेल सरलाई १२ हजार रुपैयाँ दिएको हो भन्नुभयो ।
यता यस विषयमा आफूलाई सो सम्वन्धी कुनै जानकारी नभएको र सुत्केरीलाई नै भनेर राज्यले उपलव्ध गराएको सेवा अरु कसैले लिन नहुँने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो । उहाँले सुत्केरीले पाउँने सुविधा अरुले लिएको पाए हामी तत्काल छानविन गर्दै दोषीलाई कारवाही गर्छौं भन्नुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।