Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 8, 2015

माछाले धानेको सहनीको परिवार


सुरुङ्गा (झापा) २३ असार ।  झापाको राजगढ–६ का ६५ वर्षीय कृष्णदेव सहनी अहिले ६५ वर्षको हुनुभयो । स्थानीय पशुपति उच्च माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दा गर्दै पढाइ छाडेर उहाँले माछा मार्न थालेको पनि झण्डै ५५ वर्ष भयो ।  बुवाको देखासिकी गरेर विरिङ,अदुवा,घाग्रा लगायतका खोलामा माछा मार्न सुरु गर्नुभएको उहाँको अहिले माछा मार्ने काम प्रमुख पेशा नै भएको छ । मारेका माछा विक्रीको कमाइले पुरै परिवार धान्नु आफ्नो बाध्यता भएको उहाँले बताउनुभयो । अर्को पेशा नभएकाले पुख्र्यौली पेशा अंगालेको छु भन्दै उहाँले भन्नुभयो –‘माछा मार्न थालेको पनि ५५ वर्ष पुग्यो क्यारे, यसैको कमाइले परिवार पाल्दैछु ।
                                                     जाल बुन्दै
माछा मार्न प्रयोग  गरिने जाल बुन्दै दक्षिणी झापाको राजगढका एक व्यक्ति । वर्षा याम सुरु भएसंगै झापामा बसोवास गर्ने माझी र सहनी समुदायका मानिस माछा मार्ने काममा व्यस्त हुने गरेका छन् । 
माछाले धानेको छ सहनीको परिवार

सहनीका श्रीमती इन्दूसहित अहिले चार जना छोरा छन् । उनीहरुपनि कृष्णदेव जस्तै खोलामा माछा मार्न जाने गरेका छन् । माछा मारेको कमाइले उनीहरुको ६ जनाको परिवार चलेको छ । विरिङ,घाग्रा,अन्धुवा लागायतका खोलामा माछा मारेर बिक्री गर्ने र त्यसबाट आएको रकमले खाद्यान्न र लत्ताकपडा जुटाउने बाहेक विकल्प छैन हाम्रो घर नजिकै माछा मार्न प्रयोग गरिने जाल बुन्दै गर्दा भेटिनुभएका उहाँले आफ्नो दुखेसो सुनाउनुभयो । खोलामा दिनभर मारेको माछा स्थानीय वजार राजगढ,चकचकी,जन्ता,भागुडुब्बामा उहाँले बेच्ने गर्नुभएको छ । मर्ने बाच्ने टुङ्गो हुँदैन वर्षा लाग्यो खोलो उर्लेर आउँछ, नगरु त अरु अरु काम जानेको छैन गरु त शरीर बुढो भयो गुजारा चलाउन भएपनि माछा मार्नु हाम्रो बाध्यता हो –उहाँले थप्नुभयो ।



नजिकै रहेको भारतीय बजार दीघलवैंकबाट माछा मार्न प्रयोग गरिने जाल बनाउन आवश्यक पर्न लाइलनको डोरी र फलामका गोट्टी  ल्याएर उहाँ विहान बेलुका जाल बुन्ने गर्नुहुन्छ । उहाँले मारेका माछा श्रीमती र छोराहरुले स्थानीय वजारमा बेच्न सघाउने गरेको सहनीले बताउनुभयो ।  झण्डै सातदेखि दस दिनसम्म लगाएर बुनेको जाल उहाँले स्थानीय बजारमा नै बेच्ने गर्नुभएको छ  । उहाँले बुनेको  जाल ५ हजार रुपैयाँ सम्ममा विक्री हुने गरेको छ । हाम्रो त लेखान्त नै खोटो रहेछ माछा मारेरै आफूपनि मर्ने भइयो  माछा मार्नकै लागि जाल बुन्दैछु, बुन्दै गरेको जाल देखाउँदै उहाँले भन्नुभयो–‘ अहिले खोलामा पानी बढेकाले घरमै बसेर जाल बन्दैछु यही बेचेर घर खर्च चलाउनु पर्ला ।’
सहनी मात्र होइन राजगढका झण्डै दुई दर्जन भन्दा बढी घरपरिवारका मानिस माछा मारेरै गुजारा चलाउने गरेको स्थानीय यामप्रसाद तिम्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो –‘मैले जान्दादेखि कृष्णदेव लगायतका यहाँका माझी समुदायका मानिस  माछा मारेरै जिविको पार्जन गर्दै आएका छन् ।
यता राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले २०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसंख्या ७२ हजार ६सय १४ रहेको र  माझीभाषा बोल्ने जनसंख्या २१ हजार आठसय मात्र रहेको बताउनुभयो । उहाँले यिनीहरूको साक्षरता दर २३ प्रतिशत रहेको र  शैक्षिक हिसाबले पनि उनीहरु एकदमै पछाडि परेका छन् भन्नुभयो । पछिल्लो समय  चेतना अभिवृद्धि भएका कारण केही युवा विदेश गएर जिवनस्तर सुधारेको सचिव रेग्मीले बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।