Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 15, 2015

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

 सुरुङ्गा (झापा) ३० असार ।  लागु औषध तथा ओसार पसर मुद्धाका फरार अभियुक्तलाई प्रहरीले सात वर्षपछि झापाको बिर्तामोडबाट आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ निवासी ५० वर्षीय अशोक घिमिरे रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । जिल्ला अदालत झापाले २०६५ साल चैत २५ गते ७ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना फैसला गरे लगत्तै उनी फरार भएको प्रहरीले जनाएको छ ।



फरार अभियुक्त केही समय अघिदेखि घरमा नै वस्तै आएको गोप्य सूचनाका आधारमा उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका घिमिरेलाई आज नै जिल्ला कारागार झापा पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।