Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, August 21, 2015

राजगढका महिलाले खोले दूध संङ्कलन केन्द्र


सुरुङ्गा(झापा) ४ भदौ । गरिवी न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको दक्षिणी झापाको राजगढमा रहेको नगरिक सचेतना केन्द्र सिमलडाँगीले आजबाट दुध संङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
जिल्ला विकास समितिको कार्यालय अन्र्तगत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)ले  तीनलाख १५ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएपछि राजगढ–६ सिमलडाँगीका महिलाले दुध संङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

 विगतका वर्षदेखि नै गरिवीको राखामुनी रहेका महिलालाई स्वाबलम्वी बनाउन विभिन्न कार्यक्रम गर्दै आएको सचेतना केन्द्रले सञ्चालनका ल्याएको दूध संङ्कलन केन्द्रको उद्घाटन जिल्ला विकास समिति झापाका सामाजिक विकास अधिकृत हिमराज सेढाइँले गर्नुभयो । झापाको दक्षिणी गाविसमा पशुपालक कृषकको संख्या दिनानुदिन बढ्दै गएको र बजार अभावका कारण कृषकले उत्पादन गरेको दुध खेर जान नदिन दूध संङ्कलन केन्द्रको स्थापना गरिएको र यसलाई चिस्यान केन्द्रका रुपमा विकास गर्दै लाने केन्द्रकी अध्यक्ष गीता मिश्रले बताउनुभयो । उहाँले राजगढका महिलालाई आत्म निर्भर बनाउन दूध  संङ्कलन केन्द्रले सघाउ पु¥याउँछ भन्दै अगाडि भन्नुभयो–‘यहाँका दिदी वहिनीले उत्पादन गरेको दूध अब खेर जाला भन्ने चिन्ता छैन सबै दूध हामी यही राख्छौं ।’
केन्द्रकी सदस्य मनमाया चम्लगाईले स्वागत गरेको कार्यक्रममा राजगढ गाविस सचिव तेजप्रसाद रेग्मी, पूर्व गाविस सचिव जीवन ढकाल, टंक साह, तोयानाथ पोखरेल,   पदम थापा, ओमनारायण राजवंशी, प्रमिला राजवंशी,प्रेम घिमिरे, देवी ओझा,मनोजकुमार पौडेल,खगेन्द्र ओझा  लगायतले बोल्नुभएको थियो ।



गत आर्थिक वर्ष २०७१÷०७२ मा  जिल्ला विकास समितिको कार्यालय अन्र्तगत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)ले झापाका ३७ गाविसमा एक करोड ५३ लाख ५५ हजार रुपैयाँ लगानी गरेको थियो । गरिवी न्यूनीकरण गर्ने मुख्य उद्देश्यले सञ्चालित सामुदायिक विकास पूर्वाधार अनुदान कार्यक्रम अन्र्तगत उक्त रकम लगानी गरिएको कार्यक्रममा बोल्दै सामाजिक विकास अधिकृत सेढाइले भन्नुभयो । उहाँले एलजीसीडीपीले गाविसमा गठित नागरिक सचेतना केन्द्रमा वाख्रा पालन, वङ्गुर पालन,गाई पालन ,दुध चिस्यान केन्द्र सञ्चालन तथा आय आर्जनका लागि तरकारी खेती गर्न समेत रकम लगानी गरिएको  छ भन्नुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।