Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, May 3, 2015

भूकम्प पीडित महिला घर फर्किने क्रममा गुडिरहेको बस भित्रै बलात्कृत


सुरुङ्गा (झापा) २० वैशाख ।  गत वैशाख १२ गते शनिवार गएको विनासकारी भुकम्पबाट पीडित बनेकी एक महिला घर फर्कने क्रममा गुडिरहेको वस भित्रै  वलात्कारको सिकार भएकी छिन् ।
पाँचथर घर भई हाल काठमाडौं वस्तै आएकी २२ वर्षीया महिला काठमाडौंबाट  पाँचथर घर फर्कने क्रममा  बलात्कारको सिकार भएकी हुन् । उनलाई सोही वसका कन्डक्टर  भद्रपुर – १२ निवासी २७ वर्षीय निमेश खतिवडा र चालक मेचीनगर ११ निवासी ३६ वर्षीय देवेन्द्र घिमिरेले पालैपालो वलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 गते वैशाख १६ गते वेलुका काठमाडौंबाट झापाका लागि छुटेको ना ४ ख ७२४२ नम्वरको मिसन डिलक्समा सवार उनलाई झापाको चारआली चन्द्रगढी सडक खण्डमा वस गुडिरहेको वेला पहिला कन्डक्टरले जवरजस्ती करणी गरेको र पछि चालकले करणी गरेको पीडित युवतीले प्रहरीलाई दिएको  उजुरीको आधारमा उनीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार काठमडौंबाट चन्द्रगढीका लागि छुटेको वसले सबैयात्रु चन्द्रगढीमा ओरालेको र पीडित महिलालाई घर पु¥याइदिने भन्दै चारआली चन्द्रगढी सडक खण्डमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
यता महिलालाई जवरजस्ती करणी गर्ने बसका चालक र कन्डक्टरलाई आज जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।