Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, May 6, 2015

बिर्तामोडको फोहोर व्यवस्थापनमा एक जुट हुने प्रतिवद्धता


सुरुङ्गा(झापा) २३ वैशाख  । बिर्तामोड नगरक्षेत्रको फोहोर व्यवस्थापनमा बिर्तामोडमा रहेका सबै संघ संस्था एक जुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको एकता  हेड्स नेपालको प्रथम वार्षिक साधारण सभामा सहभागीले यस्तो प्रतिवद्धता जनाएका हुन् । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र विन्दुका रुपमा  बिर्तामोड चिनिदै गएको र यहाँको दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन हुन नसक्दा वेला वेलामा समस्या उत्पन्न हुने गरेको थियो । तर एकता हेड्स नेपालले सरसफाइको कार्यक्रम सञ्चालन गरेपछि केही राहत भएपनि पूर्ण रुपमा समस्याको समाधान नभइरहेको अवस्थामा राजनीतिक दलका प्रतिनिधि सहित विभिन्न संघ संस्थाका प्रतिनिधिले फोहोर व्यवस्थापनमा चासो दिदैं बिर्तामोडलाई फोहोर रहित सहर बनाउने प्रतिवद्धता जनाएका छन् ।



बिर्तामोड नगरपालिकाका कार्यकारी अध्यक्ष रवीन्द्र वस्तीको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथिसदनमा आज भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बिर्तामोड नगर सभापति भोजराज सिटौलाले नगर सफा राख्ने दायित्व सबैको रहेकाले आफू र आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने बताउनु भयो । त्यस्तै अनारमनी नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसईले फोहोर व्यवस्थापन गर्दै बिर्तामोडलाई नमूना सहर बनाउनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै झापा उद्योग वाणिज्यसंघ बिर्तामोडका उपाध्यक्ष कुमार भट्टराईले सबैले आ आफ्नो क्षेत्रबाट  जागरुकता देखाए फोहोर व्यवस्थापनमा खासै समस्या नरहेको र सवै व्यवसायीले यसको निराकरणका लागि आ आफ्ना ठाउँबाट सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा राप्रपा नेपालका बिर्तामोड नगर अध्यक्ष शंकर रिजाल ,वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल,सन २०१५ की अध्यक्ष पार्वता विमली लगायतले  बोल्नुभएको थियो ।
यसैबीच एकता हेड्स नेपालले बिर्तामोडमा देखिएको फोहोर व्यवस्थापनमा तदारुकता देखाउँदै नगरलाई सफा राख्न सहयोग पु¥याएको भन्दै झापा उद्योग वाणिज्यसंघ बिर्तामोडका उपाध्यक्ष तथा फोहोर मैला व्यवस्थापन समिति संयोजक प्रकाश शिवाकोटीलाई सम्मान गरेको छ । शिवाकोटीलाई कार्यक्रमका प्रमुख अतिथि वस्तीले दोसाल्ला ओढाउदै सम्मानपत्र प्रदान गर्नुभयो ।
राधिका सिटौलालको अध्यक्षतामा भएको कार्यक्रमकाबीच आगामी तीन वर्षे कार्यकालका लागि  श्याम गुरुङलाई अध्यक्षमा चयन गर्दै एकता  हेड्स नेपाले ९ सदस्यीय समिति समेत गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा मधुकान्त सिटौला, सचिव पुष्प पाठक, सह सचिव विकाश खरेल , कोषाध्यक्ष राधिका सिटौला र सह कोषाध्यक्षमा वद्री आचार्य चयन भएको निर्वाचन समिति सदस्य राजकुमार ओलीले जानकारी दिनुभयो । ओलीका अनुसार समितिको सदस्यमा रमेश शिवाकोटी,अर्जुन प्रसाई र दीपेश प्रसाई रहेका छन् । समिति गोपाल काफ्लेको निर्वाचन मण्डलले चयन गरेको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।