Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, May 29, 2015

मुर्दाको पर्खाइमा रामघाट


           

सुरुङ्गा (झापा) १५ जेठ । एक करोड २० लाख रुपैयाँको लागतमा चार वर्ष अगाडि झापाको मेचीनगर नगरपालिका – १ स्थित धुलावारीको निन्दा खोला किनारमा निर्माण कार्य सम्पन्न भएको रामघाट सञ्चालनमा आउन सकेको छैन् ।


 झापामा नै पहिलो पटक यति ठूलो लगानीमा घाटको निर्माण गरिएपनि केही स्थानीयवासी र शान्ति समाजको विरोधका कारण घाट सञ्चालनमा आउन नसकेको रामघाट निर्माण समितिका सचिव अजय घिमिरेले बताउनुभयो । निन्दा खोलामा आधुनिक तवरले घाटको निर्माण कार्य सम्पन्न भएरपनि सहजै सञ्चालनमा  आउन नसक्दा रामघाट अहिले मुर्दाको पर्खाइमा रहेजस्तै भएको बताउनुहुन्छ भवन निर्माण समिति संयोजक लीला पाण्डे ।

बर्षौदेखि खोलामा मृतकको दाहसंकार गरिँदै आएपछि त्यसको बिकल्पमा आधुनिक तरिकाले घाटको निर्माण गरिएपनि प्रयोग विहिन बन्दा करोडौंको लगानी वालुवामा पानी सरह भएको स्थानीयवासीको भनाई छ । ०६७ साल मंसीर २ गते शिल्यानास गरिएको रामघाटको  २०६९ साल चैत्रमा निर्माण कार्य सम्पन्न भएको थियो । घाट निर्माणसंगै एक दुईबटा शवको अन्तेष्टि गरिएपनि शव जलाउदा दुर्गन्ध फैलिएको जनाउदै स्थानीयले विरोध जनाएपछि घाट सञ्चालनमा आउन नसकेको सचिव घिमिरेको भनाई छ ।

घाटको औपचारिक उद्घाटन नभई विरोध सुरु भएपछि मेचीनगर नगरपालिका, रामघाट सेवा  समिति र शान्ति समितिबीच नगरपालिकामा शव दाह गृह छेउमा वाल लगाउने, शवदाह गृहको माथि वनाइएको छानो हटाउने लगायतको सहमति भएपछि घाट सञ्चालनमा आउने भनेपनि अहिलेसम्म घाट सञ्चालनमा आउन सकेको छैन । निन्दा खोलाको किनारमा तीन कठ्ठा क्षेत्रफलमा आधुनिक सवदाह गृह सहित  छुट्टा छुट्टै मलामी बस्ने घर , किरिया पुत्री घर बनाइए पनि प्रयोग विहीन हुँदा घाट निर्माणका लागि सहयोग गर्नेहरु अहिले चिन्तित बनेका छन् ।  महिला  र पुरुषका लागि दुई ÷ दुई वटा छुट्टाछुटै बस्ने कोठा र  भिन्ना भिनै शौचालय बनाइएपनि प्रयोग हुन नसक्दा रामघाट अलपत्र परेको भवन निर्माण समिति संयोजक पाण्डेको भनाई छ ।




समितिका अध्यक्ष धनराज वंशल र वरिष्ठ उपाध्यक्ष विनोदकुमार श्रेष्ठको पहलमा रामघाट निर्माण सुरु गरिएपनि घाट निर्माणका लागि  मेचीनगर नगरपालिका भित्र रहेका स्थानीबासी, उद्योग ब्यसायीहरु, विभिन्न संघ संस्थाले रकम जुटाएर  करोडौंको संरचना तयार भएपनि अहिले प्रयोग विहिन बन्दा आफूहरुलाई निरास भएको  घिमिरेको भनाई छ ।

सुवास संघाईले रामघाट निर्माणका लागि प्रदान गरेको  ३ कठ्ठा जग्गामा भौतिक संरचना प्रयोग विहिन छ । स्थानीयले कसैको दहासंस्कार गर्नुपरे भएको आधुनिक शवदाह गृहमा शव जलाउनुको सट्टा नदी किनारमा नै  जलाउने गरेका छन् ।


कसरी जुट्यो एक करोड २० लाख रुपैयाँ 
 निन्दा खोलामा आधुनिक शवदाह गृह निर्माणका लागि मेचीनगरवासी लागिपरेसंगै सहयोग समिति गठन गरेर रकम सङ्कलन कार्य सुरु गरिएको थियो । समितिले  अजिवन सदस्यबाट ११ हजार, विशिष्ट सदस्यबाट २५ हजार र संरक्षक सदस्यहरुवाट  ५० हजार रुपैयाँ  उठाएर भवन निर्माण कार्य गर्ने योजना बनाएको थियो भने ५० हजार भन्दा माथि सहयोग गर्नेदातालाई प्रोत्साहित गर्दै रकम सङ्कलन कार्य सुरु गरेको थियो । त्यस्तै  मेचीनगर नगरपालिकाले ४० लाख रुपैंया सहयोग गरेको थियो । त्यसैगरी स्थानीय बिकास मन्त्रालयको जगेडा कोषबाट ३८लाख प्राप्त भएको बताइएको छ ।


कसरी उत्पन्न भयो विवाद 

निन्दा नदीको तटमा रामघाट सेवा समितिद्वारा निर्माण गरिएको रामघाट शव दाह गृहमा शव जलाउन सुरु गरेपछि  नजिकैका सय घरमा प्रदुषण भएको भन्दै शान्ति समाजले विरोध जनाएपछि विवादित उत्पन्न भएको थियो । शवदाह गृह निर्माण गरिएसंगै सुरुका दिनमा एक दुईवटा शव जलाइएसंगै नजिकैका घरले शव जलाउदा नराम्रो गन्ध आएको जनाउदै केही स्थानीयले समेत विरोध जनाएका थिए । फलस्वरुप घट सेवा समिति विवादित बन्यो र विरोधपछि शवदाह गृह नै सञ्चालनमा आउन सकेन ।
शान्तिको नाममा सामाजिक काम गर्ने शान्ति समाजले समस्याको तत्काल निकास खोज्नुपर्नेमा सूचना बोर्डमा सूचना  टासेर बन्द गर्ने चेतावनी दिएपछि रामघाट बन्द हुन पुगेको निर्माण समितिका सचिव घिमिरेले बताउनुभयो । प्रदुषणका कारण देखाउदै विरोध भएपछि घाट सञ्चालनमा आउन नसकेको हो उहाँले भन्नुभयो ।
शवदाह गृह बनाउने बेलामा स्थानीयसाग परामर्श नगरेका कारण समस्या आएको ठहर गर्दै नगरपालिकाको पहलमा सेवा समिति र स्थानीय समितिबीच शव दाह संस्कार गृह वरिपरि अग्लो पर्खाल लगाउने, बृक्षरोपण गर्ने लगायतका सहमति भएपछि शव दाह गृह पुनः सञ्चालनमा आउने भनिएपनि अहिलेसम्म उक्त शवदाह गृह सञ्चालनमा आउन सकेको छैन ।
विवाद मिलेपनि शवदाह गृहको प्रयोग नहुँदा आफूहरु आश्र्चय चकित बन्न पुगेको समितिका एक सदस्यहरुले बताएका छन् ।  रामघाट समितिद्वारा सञ्चालित शवदाह केन्द्र सञ्चालनमा कुनैपनि राजनीतिक दल, स्थानीय तथा कुनै समूहको विरोध नभएपनि प्रयोगमा नआउदाँ आफूहरु मुर्दा पर्खेर बस्न बाध्य भएको उहाँको भनाई छ ।

किन सञ्चालनमा आएन रामघाट 
 शुरुमा समितिले धुवाँ रहितको शवदाह गृह निर्माण गर्ने बताएपनि त्यसो नगरी स्थानीयवासीलाई नै बसाई सार्ने गरी प्रदुषण फैलाउने शवदाह गृह निर्माण गरेको ,बनाउने बेलामा स्थानीयवासीसंग खासै परामर्श नगरेको आरोप रामघाट समितिलाई लागेको छ । सोही कारण  निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत  शवदाह गृह प्रयोगमा आउन सकेको छैन ।


के भन्छन् स्थानीय अगुवा
 करोडौंको लगानी भएरपनि राम घाट सञ्चालनमा नआउनु दुखद् भएको बताउँनुहुन्छ नेपाली कांग्रेस मेची नगरका सभापति प्रेम सम्वाम्फे । उहाँ अगाडि भन्नुहुन्छ सवैले साथ र सर्मथन गरे अझैंपनि सञ्चालन गर्न समस्या छैन तर मुख्य कारण भनेको प्रदुषण जनाउदै विरोध गरेपछि हामी अलमलमा परेका हौं । शवदाह स्थल अहिले भएको ठाउँ भन्दा केही पर खोला किनारमा सारे समस्याको समाधान तत्काललाई भएपनि इलेक्ट्रोनिक प्रविधिवाट  शवलाई जलाउने तर्फ हाम्रो सोच अगाडि बढेको उहाँको भनाई छ ।
यता मेची उद्योग वाणिज्यसंघका अध्यक्ष विजय डालमिया भने राम घाट सञ्चालनमा नआएको प्रति चिन्ता प्रकट गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ –‘ यसलाई साझा सम्पत्तिको रुपम ग्रहण गरेर अगाडि बढे सवैलाई फाइदा हुन्छ ।’

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।