सुरुङ्गा (झापा) ३१ वैशाख । जंगलमा दाउरा खोज्न गएका एक बालकको रुखको हाँगाले लागेर आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा दुवागढी – १ निवासी १० वर्षीय वालक मन्जली डाँगी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी घर नजिकै रहेको जंगलमा आज विहान दाउरा खोज्न गएको र सखुवाको रुखको हागा खसेर घाइते भएका थिए । टाउको र खुट्टामा गम्भीर चोट लागेका घाइते वालकलाई उपचारार्थ तत्काल ओमसाई पाथीभरा हस्पिटल भद्रपुर पु¥याइएको थियो ।
अत्याधिक रक्तश्रावका कारण उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment