Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, March 3, 2016

सुपारी तस्करीको नयाँ तरिका÷भन्सारबाटै २७४ वोरा सुपारी वरामद



सुरुङ्गा(झापा) फागुन २० ।    तेस्रो मुलुकदेखि आयात गरिएको करोडौं मूल्यको सुपारी झापाबाट खुलेआम  तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन  ६ गतेसम्मको अवधिमा ३३ करोड २४ लाख ५ हजार ९ सय ५ रुपैयाँको सुपारी झापा भित्रिएको छ । जसवाट  १९ करोड १० लाख ३९ हजार एक सय ५९ रुपैयाँ राजश्व संकलन भएको छ ।  मेची भन्सार कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार सो अवधिमा २९ लाख ६ हजार ७ सय ४० केजी सुपारी आयात भएको हो ।
यति धेरै परिमाणमा झापा भित्रिएको सुपारी कहाँ पुग्यो भन्ने सुइको न त प्रहरीलाई थाहा थियो न त भन्सारलाई नै । तर, वुधवार मेची भन्सार कार्यालय परिसरबाटै विशेष सूचनाको आधारमा प्रहरीले २७४ वोरा सुपारी भारत निर्यात गर्न लाग्दा नियन्त्रणमा लिएपछि सुपारी तस्करीको नयाँ रहस्य वाहिर आएको हो । प्रहरीका अनुसार मेची भन्सार कार्यालय काँकरभिट्टाबाट कुचो लोड गरिएको पीवी १० सीजेठ  ९८०९ भारतीय नम्वरप्लेट भएको ट्रकमा उक्त सुपारी फेला परेको थियो । धुलावारीस्थित चौधरी कुचो उद्योगबाट ११ वटा ट्रकमा कुचो लोड गरिएर भन्सार पु¥याइएको थियो । भन्सार पु¥याइएको ट्रक मध्ये पीवी १० सीजेठ  ९८०९को ट्रकमा सुपारी फेला परेपछि प्रहरीले वाँकी सवै ट्रकलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सवै ट्रकको विहीवार मात्रै जाँच गरिएको छ ।
     भन्सार जाँच नै  नगरी सवै कुचो लोड गरिएका ट्रकलाई भारत निर्यात गर्न अनुमति दिन लागिएको थियो । सोही क्रममा  प्रहरीले भन्सार परिसरबाटै उक्त सुपारी वरामद गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । सुपारी कस्को हो त्यो भने खुलेको छैन । प्रहरीका अनुसार चौधरी कुचो उद्योगबाट उक्त सुपारी लोड भएर आएको हो । कुचो उद्योग परिसर भित्रै श्याम पिन्टुको सुपारी गोदाम रहेको छ । कुचो उद्योग प्रदिप चौधरी र तेजु प्रसाईले सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । सोही सुपारी गोदामबाट सुपारी लोड गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।
भन्सार परिसरमा रहेका १० ट्रक कुचोको ‘कनसाइमेन्ट’ गर्ने प्रक्रियामा थियौ – मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकरीले भने –‘कस्तो दुर्भाग्य विश्वास गरेको काममा घातभयो ।’ कुचो लोड गरिएको ट्रकमा सुपारी रहेछ कस्तो अचम्म उहाँले भन्नुभयो–कुचोमा पनि सुपारी लोड गरिदो रहेछ ।
स्रोतका अनुसार यस अघिपनि पटक – पटक यसरी नै सुपारी भारत निर्यात हुँदै आएपनि यस पटक प्रहरीले सुपारी नियन्त्रणमा लिएपछि सुपारी तस्करीको नयाँ रहस्य खुलेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी दीपेन्द्र झाका अनुसार कुचोको एजेन्ट ललित तामाङ हुन् । तामाङले कुचो निर्यातका लागि ‘कनसाइमेन्ट’ गराउदै थिए । निर्यत गर्न लागिएको कुचोको ‘कनसाइमेन्ट’ गर्दा प्रति ट्रक ११३ रुपैयाँ मात्र लाग्ने बताउनुभयो । प्रहरीले वरामद गरेको सुपारी ५० लाख मूल्य वरावरको रहेको छ । उक्त सुपारी र सुपारी लोड गरिएको ट्रक वुधवार नै मेची भन्सार कार्यालयलाई वुझाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

‘एक्स रे’ मेसिन नहुँदा तस्करी बढ्यो
सुपारी तस्करीको अखडाका रुपमा चिनिदै गएको झापामा तस्करीमा सम्लग्नलाई भन्सार कटाउन सहज भएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टामा  सवारी साधन जाँच गर्ने ‘भेइकल एक्स रे मेसिन’नहुँदा तस्करीमा सम्लग्नलाई सहज भएको हो । सुपारीसंगै यो नाका भएर अन्य सामानपनि दिनहुँ जसो तस्करी भइरहेको छ । ‘भेइकल एक्स रे मेसिन’ नहुँदा त्यसको फाइदा उठाउदै तस्करहरुले विभिन्न उपाय अपनाएर पूर्वी नाका काँकरभिट्टा भएर दिनहुँ जसो विभिन्न सामान भारतीय वजारमा सहज रुपमा पु¥याइरहेको एक जना प्रहरी अधिकारीले भने । उनका अनुसार भन्सारका कर्मचारीले विश्वारका आधारमा सामान जाँच नै नगरी पठाउने हुँदा सुपारी तस्करी पनि भन्सार परिसर भएरै हुने गरेको हो ।

अधिकारीले ऐनको कार्यानवयन नगर्दा तस्करीको अखडा बन्यो भन्सार
भन्सार ऐन २०६४ को परिच्छेद ७ को उपदफा २८ मा भारी वा पोका खोल्न वा पोका खोल्न र  जाँच्न सक्ने अधिकार भन्सार अधिकृतलाई दिइएपनि उक्त अधिकारको प्रयोग भन्सार अधिकृतले नगरेको पाइएको छ । ऐनमा भएको व्यवस्था अनुसार भन्सार अधिकृतले निकासी वा पैठारी हुने जुनसुकै मालवस्तुको भारी वा पोका एक एक गरी वा बीच बीचमा छड्के गरी वा केही प्रतिशत मात्र खोल्न र जाँच्न वा आपूm मातहतका कुनै कर्मचारीलाई त्यसरी खोल्न र जाँच्न आदेश दिन सक्नेछ भनिएको छ । तर मेची भन्सार कार्यालयमा भने उक्त अधिकारको प्रयोग नगर्दा भन्सार कार्यालय नै  सुपारी तस्करीको मुख्य अखडा बनेको हो ।
इन्डोनेसियन सुपारीलाई नेपाली बनाउदा असली कृषक मारमा
सुपारी निर्यातमा एकाधिकार जमाएको भन्दै झापाली सुपारी कृषकले त्यसको विरोध जनाएपनि झापाबाट खुलेआम सुपारी तस्करी भइरहेको छ । इन्डोनेसियाबाट नेपाल आयात गरिएको सुपारी सरकारी उच्च पदस्थ कर्मचारी कै मिलेमत्तोमा तस्करी हुने गरेको हो । झापामा उत्पादित सुपारीलाई प्रमाणीकरणमा झण्झटिलो बनाउदै विदेशबाट आयात गरिएको सुपारी नेपालको भन्दै यहाँका सुपारी तस्करीमा सम्लग्नले सहजै सुपारी निर्यात गर्ने गरेका छन् । नेपाल सुपारी खेती विकास संस्था र नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ झापाले सुपारीको प्रमाणीकरण गर्दै विदेशी सुपारीलाई प्रश्रय दिदा झापाली कृषक मारमा परेको कृषकको गुनासो छ । गत भदौ महिनामा मात्रै नेपालमा उत्पादित सुपारीले प्रमाणपत्र नपाएको भन्दै यहाँका कृषक आन्दोलित बनेका थिए ।
सानालाई ऐन, ठूलालाई चैन
सुपारी तस्करीमा सम्लग्न भएपछि प्रहरीले वुधवार भारतीय ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । ट्रकका चालक र सुपारी धनी फरार हुनु र सह चालक मात्रै पक्राउ पर्नुले पनि सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान यतिवेला चरितार्थ भएको छ । भन्सार परिसर भित्रैबाट ठूलो परिणममा सुपारी बरामद हुँदा समेत त्यसमा सम्लग्न एजेन्ट ललित तामाङ पक्राउ नपर्नुले पनि त्यसको पुष्टि भएको काँकरभिट्टाका एक अगुवाले भने– यो सवै सेटिङ डीआईजी केशरीराज घिमिरेको मिलेमत्तोमा भएको हो । प्रहरीले देखाउनैका लागि पोके व्यापारीले ओसार पसार गरेको सुपारी थोर वहुत रुपमा बरामद भने नगरेको होइन । तर यतिका धेरैसुपारी भन्सार परिसरबाट नै सुराकीको आधारमा पक्राउ गरेको यो पहिलो घटना हो । यस अघि प्रहरीले पोके व्यापारीले भारत लैजाँदै गरेको २५ लाख ८८ हजार ४ सय मूल्य बरावरको सुख्सा सुपारी बरामद गरेर भन्सार बुझाएको थियो । जुन सुपारी चालू आर्थिक वर्ष सुरु भएयता बरामद गरिएको हो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।