Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, March 28, 2016

अरुको तर्फबाट परीक्षा दिनेलाई एकलाख रुपैयाँ जरिवाना

सुरुङ्गा (झपा) १६ । चैत १८ गतेबाट शुरु हुन लागेको यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा अरुको तर्फबाट परीक्षा दिएको पाइएमा एकलाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।
जिल्ला शिक्षा कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले परीक्षाको मर्यादा भङ्ग गर्ने,  परीक्षा केन्द्रमा अनाधिकृत प्रवेश गर्ने र  परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गर्नेलाई शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम कारवाही गर्ने बताउनुभयो । उहाँले परीक्षालाई अर्मयादित तुल्याउने जो कोहीलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्ने बताउनुभयो ।

परीक्षाका लागि जिल्लामा जम्मा ५२ वटा परीक्षा केन्द्र कायम गरिएको बताइएको छ ।  उक्त सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको र  परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरूको सुरक्षित व्यवस्थापन भइसकेको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी लुइँटेलले यसवर्ष झापाका  २९३ विद्यालयमा  सामुदायिक ११०, संस्थागत १७६, भुटानी शरणार्थी शिविरका २ , प्राविधिक धारका ३ तथा खुला विद्यालय २ का  कूल १६ हजार ९ सय ७९ जना विद्यार्थी सहभागी हुने बताउनुभयो ।
  जसमध्ये नियमित तर्फ १३ हजार ४ सय ९७ मा छात्र ६ हजार ४ सय ५६, र  छात्रा ७ हजार ४१ जना रहेका छन् । यता एक्जेम्टेडतर्फ
 ३ हजार ४ सय ८२ मा छात्र १ हजार १ सय ९७ र छात्रा २ हजार २ सय ८५ जना परीक्षामा विद्यार्थी सहभागी हुने जिशिअ लुइँटेलले बताउनुभयो ।
 सामुदायिक विद्यालय तर्फ १० हजार ३ सय ७६, संस्थागत तर्फ ६ हजार १ सय २०, भुटानी शरणार्थी शिविरका १३५, खुल्ला तर्फ २६७, प्राविधिक धारतर्फ ८१ जना परीक्षार्थी रहेको जिशिअ लुइँटेलले बताउनुभयो ।  अपाङ्गता तर्फ दृष्टिविहीन ४ जना (नियमित २, एक्जेम्टेड २जना ) र सुस्तश्रवण तर्फ ८ जना ( नियमित ५ जना , एक्जेम्टेड ३ जना ) परीक्षार्थी रहेको बताइएको छ । –  रासस

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।