Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, April 4, 2016

सहाराले सुरु ग¥यो सामाजिक सुरक्ष भत्ता वितरण गर्न



सुरुङ्गा (झापा) २२ चैत । सरकारले सरह सहकारीले पनि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो । झापाको एक सहकारीले आफ्ना शेयर सदस्यलाई नियमित रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न आजबाट सुरु गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका – २ स्थित  चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६५ वर्ष पुरा गरेका आफ्ना शेयर सदस्यलाईसामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो ।  झण्डै ८३ हजार आफ्ना सदस्य रहेको सहकारीले गत  माघ महिनाबाट प्रति सदस्य १५ सय रुपैयाँका दरले प्रति महिना सामाजिक सुरक्षा भत्ता बितरण गर्ने निर्णय गर्दै आजबाट ज्येष्ठ नागरिकलाई सहकारीले सामाजिक सुरक्षा भत्ता वितरण गरेको संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभयो ।
दैनिक जीवन सञ्चालका लागि सहज सोह भनेर सहकारीले आफ्ना शेयर सदस्यलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्न शुरु गरेको हो – सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । गिरीका अनुसार सहकारीमा अहिले ६५ वर्ष पुरा गरेका २३ जना शेयर सदस्य रहेका छ् । ती शेयर सदस्यलाई सहकारीले सञ्चालन गरेको ‘जीवन बरदान’ कार्यक्रम अन्तर्गत आज उनीहरुलाई भत्ता बितरण गरिएको छ । २३ जना शेयर सदस्य मध्ये आज २० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
जिल्ला वचत संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सहकारीले आफ्नो २० औँ वार्षिकोत्सवको अवसर पारेर सहकारीमा आवद्ध ज्येष्ठलाई नागरिकलाई आज सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको थियो । सहकारीले २० जना शेयर सदस्यका लागि माघ, फागुन र चैत गरी तीन महिनाको प्रति सदस्य चार हजार ५ सय रुपैयाका दरले भत्ता प्रदान गरेको हो ।  सामाजिक सुरक्षाका लागि मात्रै सहाराले यस पटक ९० हजार रुपैयाँ वितरण गरेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।
यसैगरी सोही सहकारीले आफ्ना शेयर सदस्यका १०६ जना छोरा छोरीलाई उच्च शिक्षा अध्ययनका लागि रु १५ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । प्रति विद्यार्थी १५ हजारका दरले उक्त रकम प्रदान गरेको हो ।
 त्यस्तै गरिव तथा विपन्न परिवारका शेयर सदस्यका छोराछोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले १२७ जना विद्यार्थीलाई शैक्षिक सामग्री (कापी,कलम, ज्यामितिबक्स) लगायतका सामाग्री प्रदान गरेको छ ।
इँटाभट्टामा कार्यरत मजदुरका छोराछोरी र प्लाइउड फ्याक्ट्रीमा कार्यरत मजदुरका छोराछोरीलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।  शैक्षिक सामग्री प्रदान गरिएका विद्यालयहरुमा मोहनमाया, पञ्चरत्न, आदर्श विद्या मन्दिर, शाङ्वेद  संस्कृत मावि, भानु उच्च मावि ,समाजसेवी प्रावि, वीर अमरसिंह उच्च मावि, र हिमाली निमावि रहेका छन् । ती वालवालिका यि विद्यालयमा अध्ययनरत रहेकाले उनीहरुलाई अध्ययनका लागि सहज सहोस् भन्दै उक्त सामाग्री बितरण गरिएको हो ।
सोही कार्यक्रममा झापा जिल्ला वचत संघलाई रु ८० हजार रुपैयाँ बराबरको एक थान ल्यापटप र एक थान  स्क्यानर प्रदान समेत गरिएको सहकारीका उपाध्यक्ष हरि निरौलाले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।