Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 14, 2015

कर्मयोग भवनको निर्माण कार्यले तीव्रता पायो

सुरुङ्गा (झापा)  २८ भदौ । रु  १० करोड रुपैयाँको लागतमा झापाको कनकाई नगरपालिका अन्र्तगत पर्ने कोटीहोममा निर्माण सुरु भएको कर्मयोग भवन(काजक्रिया गर्ने थलो) को निर्माण कार्यले तीव्रता पाएको छ ।
 एक दिनको समय र केही रकम समुदायका लागि भन्ने अवधारणा अनुरुप सञ्चालित समर्पण राष्ट्रिय अभियानबाट संकलन भएको रकमको लगानीमा कर्मयोग भवन निर्माण कार्य सुरु गरिएको र अहिले त्यसले तीव्रता पाएको भवन निर्माण समितिका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

कर्मयोग भवन निर्माण स्थलमा आज पत्रकार भेटघाटको आयोजना गरी भवन निर्माण सम्वन्धी जानकारी दिदै अध्यक्ष गिरीले  झापाका ६८ वटा संघ संस्थाका प्रतिनिधिको प्रत्यक्ष सहभागीतामा भवनको निर्माण कार्य सुरु गरिएको र आज उक्त भवनको छत ढलाई समेत गरिएको बताउनुभयो । छत ढलान कार्यको उद्घाटन प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले गर्नुभयो ।
भवन निर्माणको छत ढलाई उद्घाटन गर्नुअघि भएको कार्यक्रममा बोल्दै निर्माण समिति संयोजक गिरीले भवनको पहिलो तला निर्माण सम्पन्न गर्न तीन करोड रुपैयाँ लाग्ने बताउनुभयो । उहाँले  भवन आधुनिक र सुविधा सम्पन्न हुन्छ भन्नुभयो ।

गत बैशाख २६ गते कनकाई माई कोटीहोममा पहिलो पटक कनकाई संरक्षण अभियान स्वरुप समर्पण राष्ट्रिय अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानमा जनही दुई हजार रुपैयाँ समर्पण गरेर पाँच हजार चार सय २१ जनाले सहभागिता जनाउदै कर्मयोग भवन बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।



 अभियान अन्तर्गत एक करोड दुईलाख ४५ हजार रुपैयाँ संकलन भएको थियो । सहारा नेपाल साकोस मुख्य आयोजक रहने गरी झापाका अन्य ६८ वटा संस्थाहरुसमेतको सहभागीतामा  समर्पण राष्ट्रिय अभियान अन्तर्गत कर्मयोग भवन निर्माण कार्य सुरु गरिएको थियो । जस अन्र्तगत भवनको शिलन्यास २०७१ साल पुस २८ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले गर्नुभएको थियो । ७१.२२५ स्क्वार फुट क्षेत्रफलमा निर्माण भइरहेको भवन तीन तले हुने र तीनवटा व्लकमा रहने आज आयोजित कार्यक्रमकाबीच जानकारी दिइयो ।
यता भएको कार्यक्रमका सहभागीले भवनको निर्माण सम्पन्न गर्न सवैले आ आफ्नो क्षेत्रबाट थप सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति देउमान थेवे, भवन निर्माण समितिका सह संयोजक प्रभाखर कडरिया, सदस्य सूर्य उप्रेती, लीला चिमरिया,नेपाल रेडक्रश झापाका मन्त्री, कृष्ण मैनाली लगायतले बोल्नुभएको थियो ।
इञ्जिनियर बाशु पौडेलले डिजाइन गरेको नक्सा अनुरुप भवनको निर्माणकार्य भइरहेको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।