Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, September 29, 2015

च्याउका लागि झापा आत्म निर्भर



सुरुङ्गा (झापा) १२ असोज । झापा जिल्ला च्याउ खेतीका लागि आत्म निर्भर भएको छ ।
सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्षित कार्यक्रम मार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालय झापाले तालिमसंगै नगद ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकले व्यवसायिक रुपमा च्याउ खेती सुरु गरेसंगै झापा जिल्ला च्याउका लागि आत्म निर्भर बनेको हो । जिल्ला कृषि विकास कार्यालय झापाले युवालाई तालिमसंगै च्याउ उत्पादनका लागि अनुदान रकम दिएपछि अहिले जिल्लाका १५० जना युवाले व्यवसायिक फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् भने झण्डै तीनसय  बढी कृषकले अहिले दैनिक च्याउ उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालीग्राम भट्टराईले बताउनुभयो । उहाँले झापामा सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका युवाले च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो ।

बिर्तामोडसंगै दमक, काँकरभिट्टा, कनकाई,शिवसतासी,भद्रपुर नगरपालिका कृषकले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । दुई वर्ष अघिसम्म भारतबाट नेपाली बजारमा उपभोग गरिने च्याउ आयात आयात गरिदै आएपनि आर्थिक वर्ष २०७१÷०७२ बाट झापाले मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा समेत च्याउ निर्यात गर्दै आएको भट्टराईले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७१÷०७२ सालमा झापामा एक हजार आठ सय मेट्रिक टन च्याउ उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँचसय मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा एक हजार तीन सय मेट्रिक ठनमात्रै च्याउ उत्पादन भएको थियो ।
झापामा सबैभन्दा बढी  कन्ने च्याउ उत्पादन हुने गरेको छ । प्ति केजी दुई सय रुपैयाँका दरले विक्री हुने च्याउ आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै ३६ लाख रुपैयाँको उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक भट्टराईले बताउनुभयो ।

च्याउ मानव स्वास्थ्यका लागि अति उपयोगी भएको र कम परिश्रममा पनि उत्पादन गर्न सकिने भएकाले यसप्रति कृषकको झुकाब बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय झापाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।