Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 21, 2015

संविधानको खुशीयालीमा झापाका छ स्थानमा सभा


सुरुङ्गा(झापा) ४ असोज । नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुशीयालीमा झापाका विभिन्न ठाउँमा प्रमुख तीनदल सहित स्थानीयले आयोजना गरेको विजयोत्सव सम्पन्न भएको छ । प्रमुख तीनदल सहित विजयोत्सवमा  सहभागीले जारी संविधानले मुलुक अब अग्रगतिमा जाने भन्दै खुशी व्यक्त गरेका छन् । संविधान जारी भएलगत्तै आज  विहानैबा
ट झापाको  बिर्तामोड सहित काँकरभिट्टा, चन्द्रगढी, दूधे, गौरादह, र दमकमा आयोजना गरिएको छुट्टा छुट्टै कार्यक्रमका सहभागीले जारी संविधान प्रति खुशी व्यक्त गर्दै मुलुक अब अग्रगतिमा जाने धारणा ब्यक्त गरेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को स्वागत तथा सद्भाव सभालाई बिर्तामोडमा झापा क्षेत्र नम्बर २ र ४ का सभासद्हरुले सम्बोधन गर्दै संविधान जारी गर्न जति कठिन थियो त्यसको कार्यान्व्यन त्यति नै जटिल भएको भन्दै दलहरुको एकता अझैं आवश्यक भएको बताउनुभयो ।
 जनताको लामो संर्घष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेंस महामन्त्री कृष्णप्रसाल सिटौलाको भूमिका प्रशंसनीय रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै झापाकै काँकरभिट्टामा भएको कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
यसैगरी झापाको सदरमुकाम भद्रपुरमा वृहत स्वागतसभा सम्पन्न भएको छ । झापाचोकबाट राष्ट्रिय झण्डा सहित निकालिएको मोटसाइकल ¥याली भद्रपुर बजार पक्रिममा गर्दै क्याम्पसमोड हँुदै सदरमुकाम भद्रपुर स्थित विरेन्द्र नमूना उच्च माविमा सभामा परिणत भएको थियो ।
नेपाली काँग्रेस, नेकपा एमाले तथा एमाओवादी झापा क्षेत्र नम्वर ३ अन्र्तगतका क्षेत्रीय कमिटीहरुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातजातिका झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति, सन्थाल, पञ्चैबाजा लगायतले कार्यक्रममा रौनक थपिएको थियो ।
यसैगरी झापाको दूधेमा पनि कार्यक्रम सम्पन्न भएको छ । दूधेमा भएको विजयोत्सवमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सभाषद केशवकुमार वुढाथोकी, नेकपा एमालेका सभाषद हरिवहादुर राजवंशी लगायतले सम्वोधन गर्नुभएको थियो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।