Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 21, 2015

दमकमा पनि गोली चल्यो प्रहरीसहित ८ घाइते


सुरुङ्गा (झापा) ४ असोज । नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुशीयालीमा झापाको दमकमा प्रमुख तीनदल सहित स्थानीयले आयोजना गरेको विजयोत्सवमा  सहभागी हुन आएका सर्बसाधारण र सविधानको विरोध गर्दै आन्दोलनमा उत्रिएका प्रर्दशनकारीवीच आज झापाको दमकमा झडप हुँदा प्रहरी नायव निरीक्षक सहित ८ जना घाइते भएका छन् ।

संविधान जारी भएको खुशीयालीमा दमक नगरपालिकास्थित गणतन्त्र चोक बेलडाँगी रोडमा  विजयोत्सव मनाई रहेको समयमा आन्दोलनकारी प्रवेश गरेर विजयोत्सवलाई बिथोल्न खोजेपछि झडपको स्थिति सृजना  भएको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरी नायव निरीक्षक जीवन गौतम सहित ४ जना आन्दोलनकारी घाइते भएका छन् भने नेकपा एमालेका महेश घिमिरे,युवा संघका क्षेत्रीय सचिव राजकुमार थापा घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाईते एक जनाको नाम खुल्न सकेको छैन ।
झडपका क्रममा संविधानका पक्षधरले संघीय समाजवादी पार्टी नेपाल र संघीय लिम्वुवान पार्टी नेपालको कार्यालय तोडफोड गरेका छन् ।
दमकको मुख्य चोकमा  झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । संविधानको विरोधमा मधेशवादी दलका नेता तथा कार्यकर्ता एवम् संघीय लिम्वुवान पार्टी नेपालका कार्यकर्ताले कालो झण्डा देखाउँदै संविधान जलाउन खोजेको र  विजयोत्सव विथोल्नन खोजेपछि दुई तर्फी झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता भीमवहादुर दाहालले बताउनुभयो ।
झडपमा परी घाइते भएका केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि विराटनगरतर्फ लगिएको बताइएको छ ।
यता झापाको विर्तामोडमा पनि आज दिउसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्दा  प्रहरीमाथि आन्दोलनकारीले ढुङ्गाप्रहार गरेपछि प्रहरीले  हावईफायर गरेको छ । प्र्रहरीमाथि ढुङ्गा प्रहार गर्ने र संविधान जलाउन खोज्ने तराई मधेश पार्टीका जिल्ला अध्यक्ष त्रिनारयण राजवंशी सहित ४ जनालाई प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको प्रहरी प्रवत्ता दाहालले बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।