Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 28, 2015

विदेशबाट फर्किएर अदुवाखेतीमा रमाउँदैछन् गजेन्द्र



सुरुङ्गा (झापा) ११ असोज । झापाको शरणामति – ५ वालुवथानका ५४ वर्षीय गजेन्द्रवहादुर लिम्बू १५ वर्ष विदेश बस्नुभयो । दुई छोरा र दुई छोरीका वुवा उहाँ सन १९९४ मा पहिलो पटक रोजगारीको सिलसिलामा सिङ्गापुर पुग्नुभएको थियो । त्यहाँ भनेजस्तो काम नभएपछि उहाँ ५ महिना नपुग्दै स्वदेश फर्किनुभयो । चर्काे व्याजदरमा ऋण काढेर विदेश जानुभएका लिम्बूले घर फर्किपछि पनि साहुको ऋण तिर्ने बाटो नभएर उहाँ पुन स्वदेश फर्किए लगत्तै  रोजगारीकै लागि मलेसिया जानुभयो । मलेसियामा पनि भनेजस्तो काम नपाएपछि उहाँले त्यहाँ साढे १४ वर्ष मलेसियन सरकारसंग (इलिगल)  लुकेर कामको खोजीमा विभिन्न कम्पनी चाहार्दै जसोतसो साहुँको ऋण त तिर्नुभयो तर घर फकिर्दा उहाँ खाली हात आउनुप¥यो ।



 लामो समयसम्म पनि विदेशमा दुःख गर्दा भनेजस्तो कमाई नभएपछि अहिले लिम्बू आफ्नै बुवाले जोडेको जमिनमा कृषि पेशा गर्दै आउनुभएको छ । विदेशमा पाएको दुःख सम्झिएर लिम्बू यतिवेला दिनरात आफ्नै खेतमा श्रम र पसिना बगाउदै हुनुहुन्छ । उहाँले विदेसिले गरेजस्तो दुःख नेपालमा पनि गरिए त्यो भन्दा राम्रो कमाई गर्न सकिने जनाउदै अहिले आफ्नै खेतमा अदुवा खेती सुरु गर्नु भएको छ । मलेसियामा बस्ता पनि केही वर्ष खेती गरेको बताउँदै उहाँले भन्नुभयो – मलेसियाको वालुवामाथि पनि अन्न उत्पादन गरेको थिए कसो यहाँ अन्न नफल्ला त त्यही भएर यो वर्षबाट अदुवा खेती सुरु गरेको हुँ ।
झण्डै १२ कठ्ठा क्षेत्रफलमा उहाँले यो वर्ष ५ क्विन्टल भन्दा बढी अदुवाको वीऊ  रोप्नु भएको छ । धान खेतीले नपोसाएकाले  यो वर्षबाट व्यवसायिक रुपमा अदुवा खेती सुरु गरेको छु लिम्बूले भन्नुभयो । झण्डै दुई लाख रुपैयाँ लगानी गरेर सुरु गरेको अदुवाखेती पाक्न नपाउँदै आफूले लगानी गरेको  रकम उठाएसकेको उहाँले बताउनुभयो । अदुवा रोपेर उर्मिरपछि केही महिनामा त्यसको वीऊ झिक्न मिल्ने भएकाले  आफूले गरेको लगानी नडुब्नेमा म ढुक्क थिए उहाँले हामीसंगको कुराकानीमा भन्नुभयो । लगाएको वाली पाक्न नपाउदै आफूले गरेको लगानी उठिसकेकाले लिम्वूले अदुवा खेतीबाट मात्रै यो वर्ष पाँचलाख भन्दा बढी मुनाफा गर्ने लक्ष्य लिएको बताउनुभयो । विदेशमा १५ वर्ष बस्ता ५ लाख कमाउनसकिन होला यहाँ एक वालीमा खर्चकटाएर पाँचलाख भन्दा बढी कमाउन सकिदोरहेछ अब किन जानुप¥यो र विदेश उहाँ उल्टै प्रतिप्रश्न गर्नुहुन्छ ।
लिम्बूले गरेको अदुवाखेती अहिले गाउँकै लागि नमूना बनेको छ । १२ कठ्ठा क्षेत्रफलमा वर्षेनी २० मन धान उत्पादन गर्दै आउनुभएका उहाँले धान खेतीले नपोसाएको जनाउदै वाली परिवर्तन गरेर सुरु गरेको अदुवाखेतीले पाक्न नपाउदै लगानी उठेकाले उहाँको कमाई देखेर अहिले उहाँसंग अदुवाको बीऊ माग्न आउनेको कमी छैन । उहाँसंग अदुवा नबिक्लाकी भन्ने चिन्ता नभएकाले शरणामती मात्र होइन अर्काे सालबाट कुमरखोद, टाघनडुव्वा, चकचकी लगायतका कृषकले अदुवाको बीऊ माग गरेकाले अदुवाको बजार राम्रो रहेको लिब्बूले बताउनुभयो । लिब्वूले आफ्नो अदुवावारीमा अदुवासंगै खुर्सानी लगाएकाले खुसार्नीले समेत उत्तिकै फाइदा दिइरहेको बताउनुभयो ।
दिनानुदिन नेपाली युवा विदेसिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो –हामीले काम गर्न नजानेर रहेछ जाने यही सुन फल्छ भन्थे बुढापाकाले हो रहेछ । विदेशबाट फर्किएर अदुवाखेती सुरु गर्नुभएका उहाँअहिले गाउँकै नमूना योग्य कृषक बन्नुभएको स्थानीय हिमवहादु सापकोटाले भन्नुभयो । खेतालापनि कम लाग्ने भएकाले यो वाली लगाउदा मनन्य आम्दानी गर्न सकिदो रहेछ हामीपनि अर्काेबर्षबाट अदुवा खेती गछौं उहाँले भन्नुभयो ।
विदेशमा गरेको दुःख भूलाउन मलाई माध्यम बनेको छ अदुवा खेती कहिल्यौ एक्लो हुनुपरेको छैन लिम्बूले भन्नुभयो– अकोसालपनि यही वाली लगाउछु । ठाउँ ठाउँमा अदुवा मरेको छ यहाँ भनेको वेला विदेशमा जस्तो कृषि प्राविधिक नआउदा रहेछन् मलाई पनि खासै अनुभव नभएकाले यो वर्ष उत्पादन सोचे अनुरुप नभएपनि अर्काे वर्षबाट एकसिजनमा दश लाखको अदुवा बच्नेगरी अदुवा रोप्छु लिम्बूले भन्नुभयो ।

यता झापामा गत आर्थिक वर्षमा झापाका कृषकले अदुवा बेचेरमात्रै ३९ करोड ५६लाख ७५ हजार रुपैयाँ भित्र्याएका थिए ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार ४ हजार ६ सय ५५ मेट्रिकटन अदुवा निर्यात भएसंगै उक्त रकम भित्रिएको थियो ।  जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा कृषकले उत्पादन गरेको अदुवा पूर्वी नाका काँकरभिट्टा हुँदै भारत निर्यात भएसंगै अदुवा बिक्रीबाट ३९ करोड रुपैयाँ नेपाल भित्रिएको जिल्ला कृषि बिकास कार्यालय झापाका शालीकराम भट्टराईले जानकारी दिनुभयो ।  
अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले  झापाको धुलावारीमा अदुवा प्रशोधन केन्द्रको निर्माण कार्य सुरु भएपछि लिम्बू मात्र होइन झापाका धेरै कृषक अदुवा खेतीमा आर्कषित भएका छन् । सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार सञ्चालनमा आउन लागेको अदुवा प्रशोधन केन्द्र (परियोजना) का लागि डब्ल्यूटीओले ११ लाख ७३ हजार ६ सय ९४ डलर खर्च गर्ने बताइएको छ । तीन वर्ष भित्रमा परियोजनाको काम सम्पन्न गरी यहाँका कृषकलाई अदुवा उत्पादनमा सहभागी गराई स्वावलम्वी बनाउने अवधारणा अनुसार अहिले काम भई रहेको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले पनि अदुवा उत्पादनमा जोड दिदै जिल्लाका ७ ठाउँमा अशल कृषि उत्पादन कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई वीऊ विजनसमेत निःशुल्क उपलब्ध गराएसंगै अदुवा खेतीमा कृषकले जोड दिएको भट्टराईले बताउनुभयो । जिल्लाका खुदुनावारी,डाँगीवारी,शान्तिनगर, वुधवारे,वाहुनडाँगी, मेचीनगर र पृथ्वीनगरमा सञ्चालित पाठशालाबाट तीनसय जना प्रशिक्षक समेत तयार पारिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।  

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।