Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, September 16, 2015

सुन तस्करीमा ‘तीब्बतीयन’ नागरिकको प्रयोग


सुरुङ्गा (झापा) ३० भदौ । भारतको पश्चिम बंगालको सिलगढीबाट झापाको पूर्वी नाका काँकरभिट्टा हँुदै नेपालमा सुन तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको छ ।
झापाको भद्रपुर विमानस्थलबाट एक तिब्बतीयन नागरिक हिजो पक्राउ परेसंगै यस्तो रहस्य खुलेको हो ।  पक्राउ परेका नागरिक आफैंले आफू चिनिया भएको जनाएपनि  ललितपुरबाट आफूले नागरिकता लिएको प्रहरी समक्ष बताएका छन् । १० किलो सुन सहित पक्राउ परेका तेञ्जिङ्ग सिरुप नाम बताउने १९ वर्षीय युवकलाई आज जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेसंगै सुन तस्करीमा पूर्वी नाका काँकरभिट्टा प्रयोग हुने गरेको खुलेको हो । पक्राउ परेका उनको साथबाट वरामद गरिएको सुनको मूल्य रु ४ करोड ८१ लाख रहेको प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

यसअघिपनि उनले यही नाका भएर सुन ओसार पसार गर्ने गरेको बताएका छन् । ठूलो परिमाणमा सुन सहित पक्राउ परेका उनी सुन बोक्ने भरिया मात्र भएको प्रहरीले जनाएको छ ।

 तिब्बतीयन नागरिक भएपनि उनले ताप्लेजुङ्ग जिल्ला हाङ्गदेबा गाविस १ आफ्नो जन्म स्थान उल्लेख गरेर  ललितपुरबाट २०७१ बैशाख ३ गते २८–०१–०७१–०००२ नम्बर भएको सोनाम गुरुङ्गको नाममा नेपाली नागरिकता लिएका छन् । सुन सहित पक्राउ परेका उनको प्रहरीले नागरिकता समेत सार्वजनिक गरेको छ । प्रहरीले उनको साथमा एक÷एक केजीका १० टुक्रा सुन, २० हजार नेपाली रुपैयाँ र भारतीय रुपैयाँ १ हजार ४० रुपैयाँ रहेको जनाउदै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सार्वजनिक गर्नुभयो ।
पक्राउ परेका तिब्बतीयन नागरिक नेपाली भाषा बोल्न जान्दैनन् भने उनी हिन्दी र अगं्रेजी भाषा मात्र बोल्न सक्छन् । भारतको सिलगढीका राजेश भनिने व्यक्तिले उनलाई काठमाडौ बस्ने  उनकै  भाईलाई सुन पु¥याउन पठाएको तेञ्जिङले हामीसंगको कुराकानीमा बताए ।  उनलाई काठमाडौं सुन पु¥याए वापत   प्रति किलो भारतीय रुपैयाँ ५ हजार दिने सर्तमा उनी लामो समयदेखि सुन ओसार पसार गर्दै आएको र अहिले तराईमा यातायात बन्द भएकाले हवाइजाहजबाट काठमाडौं जाने तयारीमा  भएको उनले बताए ।
मंगलबार दिउसो २ बजेर ५ मिनेटको बुद्ध एयरलाइन्सबाट काठमाडौ हिडेका तेन्जिङ्गलाई भद्रपुर विमानस्थलका सुरक्षाकर्मीले नियमित चेकजाँच क्रममा पक्राउ गरेको थियो । उनले लगाएको जुत्ता भित्र कालो प्लाष्टिकमा बेरी टेप लगाएर सुन लगिरहेको अवस्थामा विमानास्थल सुरक्षर्थ खटिएका प्रहरी जवान घनश्याम राईले शंखा लागी जुत्ता खोल्न लगाउदा उनलाई सुन सहित पक्राउगरेका थिए ।
पक्राउ परेका तेन्जिङ्गसंग नेपाली नागरिकता भएकोले प्रहरीले उनको बिषयमा थप अनुसन्धान भइरहेको र  उनलाई क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।


                  को हुन तेम्जिुङ्ग ?

चिनको उसामे भन्ने स्थानमा जन्मिएका उनी ५ बर्षको हुँदा चीनीको नाका हुँदै विना भिषा भारत आएका थिए । बाल्यकालदेखि नै भारतको विभिन्न स्थानमा शरणार्थी भएर जीवन विताउदै आएका तेञ्जिङ्गको भेट राजेश भन्ने व्यक्तिसंग दिल्लीमा भएको उनले बताए ।  ६ बर्ष अगाडि दिल्लीमा राजेशसंग राम्रो चिनजान भएपछि उनको अनुहार नेपाली समुदायसंग मिल्दो जुल्दो भएकाले राजेशले उनलाई काठमाडौमा रहेको आफ्नो भाईको पठाएको पनि उनले बताएका छन् ।
 राजेशको भाईले उनलाई नेपालको स्थानीय नागरिक भएको जनाउँदै ललितपुरबाट २०७१ बैशाखमा ताप्लेजुङ्गका  बासिन्दा भन्दै भन्दै उनलाई नागरिकता बनाई दिएका थिए । नागरिकता बनाएपछि उनी कहिले काठमाडौका विभिन्न होटलमा त  कहिले भारतको सिलगढी बस्ने गर्थे । यसरी कहिले काठमाडौ त कहिले सिलगढी बस्ने उनलाई  राजेशले गैरकानुनी रुपमा सुन बोक्ने भरिया बनाएको जिल्ला प्रहरी कार्यालय झापामा उनले दिएको बयानमा उल्लेख छ ।
विभिन्न समयमा राजेशले यस अघिपनि काँकरभिट्टा नाका हँुदै काठमाडौंसम्म सुन तस्करी गर्ने गरेको उनले स्वीकारेका छन् । तराईमा यातायात बन्दका कारण राजेशले केही भारतीय र नेपाली रकम दिएर हवाइजहाजबाट सुन लैजान भनेपछि उनी काँकरभिट्टास्थित सिनाल्चु टाभल्सबाट बुद्ध एयरलान्सको टिकट खरिद गरी मंगलबार दिउसो काठमाडौ जाने क्रममा उनी पक्राउ परेका थिए ।

सुन र अपहरण जस्ता घटनाले थपियो बोर्डर सुरक्षामा प्रहरीलाई चुनौति 

झापाको पूर्वी नाँका काँकरभिट्टाको बाटो हुँदै तीन भारतीय नागरिकलाई अपहरण गरी झापामा एक महिनासम्म बन्धक बनाएको घटना सेलाउन नपाउँदै सोही नाँका भएर सुन तस्करी हुने गरेको खुलासा भएसंगै वोर्डरको सुरक्षार्थ खटिएका प्रहरीलाई चुनौति थपिएको छ ।
खुल्ला सिमानाको फाइदा उठाउदै झापालाई केन्द बिन्दू बनाएर तस्करका गिरोह तथा अपराधिक समूहले दिन दिनै नयाँ नयाँ उपाय अपनाउदै आपराधिक काम गर्न थालेपछि प्रहरीलाई सुरक्षामा चुनौति थपिएको हो । पूर्वी  काँकरभिट्टा हुँदै अपहरणकारीले तीन युवालाई झापामा बन्धक बनाएको र  सुन तस्करी पनि यही नाका प्रयोग गर्ने गरेको खुलेपछि झापा आपराधिक र सुन तस्करीको थलोका रुपमा चिनिएको सरोकारवालाहरुले बताउन थालेका छन् ।
झापामा अपाराधिक क्रियाकलाप खुल्ला सिमा नै ठूलो चुनौतिको बिषय रहेको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताउनुभयो । उहाँले खुल्ला सिमाना कै कारण सुरक्षा चुनौतिमा पनि प्रश्न उठ्नु स्वभाविक भएको बताउनुभयो ।
यता झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अपहरणको घटना सेलाउन नपाउदै झापामा सुन तस्करी हुन थालेकोले यस तर्फ प्रहरी अझैं सचेत हुनुपर्ने  अवस्था आएको बताउनुभयो ।
केही दिन अघि झापाको बिर्तामोडबाट अपहरणमा सम्लग्नलाई पाँच जनालाई पक्राउ गरेको थियो भने अपहरणमा परेका तीन भारतीय युवाको सकुसल उद्धार गरेको थियो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।