Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 28, 2015

डम्बरकुमारी आठ वर्षदेखि साङ्गोमा बाँधिएर बस्न बाध्य






सुरुङ्गा (झापा), ११ असोज । झापाको गरामनी– ४ निवासी २५ वर्षीया डम्बरकुमारी पाण्डेलाई आठ वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ ।

नेपाल प्रहरीको जागिर खाएर अपराधमा संलग्नलाई हत्कडी लगाउने सपना बोकेकी उनी अहिले आफ्नै घरमा विगत आठ वर्षदेखि फलामे साङ्लोले बाँधिएर पशुसरह जीवन बिताउन बाध्य छिन् ।
भद्रपुरस्थित वीरेन्द्र नमुना उच्च माविमा कक्षा ८ मा अध्ययनरत भएकै बेला उनी प्रहरी बन्ने सपना बोकेर साथीहरुसँग
नवलपरासी गएकी थिइन् । त्यहाँ उनी रनिङ गर्ने क्रममा चिप्लिएर लडेपछि उनको सपना चकनाचुर मात्र भएन त्यसकै कारण डम्बरकुमारी अहिलेसम्म पनि साङ्लोमा बाँधिएर नारकीय जीवन बिताउन बाध्य छिन् ।

लडेपछि उनी सोही समयदेखि बिरामी परेको उनको परिवारले बताएको छ । सुरुमा मानसिक सन्तुलन नगुमेकी उनको विस्तारै मानसिक सन्तुलन गुमेसँगै यो अवस्थामा आएकी हुन् ।



बुबाको निधनपश्चात ७४ वर्षीय वृद्धा आमा हरिमाया, दाजु कमल र भाउजु मैना पाण्डेले विगत आठ वर्षदेखि उनलाई फलामे साङ्गोले घरको एउटा कोठामा बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ । एउटा खुट्टामा फलामे चेनले बाँधिएकी डम्बरकुमारीलाई उनका आमा र भाउजुले अहिले हेरचाह गरिरहेका छन् ।

महिला प्रहरीमा जागिर खाने रहर बोकेकी मेरी छोरी साथीहरुसँग त्यही खेलकुद गर्ने क्रममा लडेकी थिइन र लड्दा उसको टाउकोमा चोट लागेपछि नवलपरासीबाट घर ल्याएका थियाँै उनकी आमा हरिमायाले भन्नुभयो ।

छोरीको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि झापाका विभिन्न धामीझाँक्रीलाई देखायौँ तर पनि डम्बरकुमारी सञ्चो नभएपछि उपचारका लागि काठमाडौँ लगियो आमाले विगत सम्झँदै भन्नुभयो– “काठमाडाँै लगेर मानसिक रोग विशेषज्ञलाई देखायाँै तर पनि उसको शारीरिक अवस्था ठीक भएन ।

डम्बरकुमारीकी भाउजु मैनाले नन्दको उपचारका लागि जग्गा जमिन बेचेर रु चार लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको बताउनुभयो । रासस 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।