Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, September 23, 2015

पूूर्वमा ४ दिनदेखि जारी लिम्वुवानको आम हड्ताल फिर्ता


सुरुङ्गा(झापा) ६ असोज । संविधानको
विरोध गर्दै आन्दोलनमा उत्रिएको संघीय लिम्बुवान पार्टी नेपालले पूर्वमा ४ दिनदेखि जारी आम हड्तालका सम्पूर्ण  कार्यक्रम आजबाट फिर्ता लिएको छ ।
आज झापाको दमकमा सांसदद्वय  दीपक कार्की र महेन्द्रकुमारी सुब्बाको आगुवाइमा भएको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइका लागि पहल गर्ने निर्णय भएपछि उक्त पार्टीले आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।  आन्दोलनका कार्यक्रम बन्द फिर्ता लिएसंगै पूर्वमा जारी रहेको बन्द आज दिउसोबाट खुलेको छ । बन्द खुलेसंगै बजार ,कलकारखाना उद्योग धन्दा सञ्चालनमा आउन थालेको र सवारीसाधन पनि सञ्चालनमा आएसंगै जनजीवन सामान्य बन्दै गएको अञ्चल प्रहरी कार्यलय मेचीले जनाएको छ ।
वन्द खुलाउने क्रममा पूर्व सभाषद विश्वदीप लिङ्देन, दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकास प्रसाई ,नेपाल रेडक्रश सोसाइटी दमकका अध्यक्ष लीला गुरागाईले विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।
आन्दोलनका क्रममा संघीय लिम्बुवान पार्टी नेपालको कार्यालय तोडफोड भएको घटना प्रति तीन दल(नेपाली काँग्रेस,नेकपा एमाले र एकीकृत नेकपा माओवादी) लाई दुःख व्यक्त गर्न समेत लगाउने सहमतिसंगै आफ्ना बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता भएको लिम्वूवान आन्दोलन परिचालन समितिका प्रवत्ता प्रेमदीप थाम्सुहाङले बताउनुभयो ।
नेपालको संविधान २०७२ घोषणा भएको भोलिपल्ट विजयोत्सव मनाउने क्रममा बन्दकर्ता र विजयोत्सवमा सहभागीबीच दमकमा झडप हुँदा एक प्रहरी सहित ८ जना घाइते भएका थिए । सोही क्रममा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको थियो र विजयोत्सव बिथोल्ने लिम्वुवानका १६ जना कार्यकर्ता पक्राउ गरेको थियो ।
वन्द खुलाउने विषयमा भएको बार्तामा पार्टीका तर्फबाट थाम्सुहाङ सहित संयुक्त संर्घष समितिका लोकसागर साँवा , पार्टीका केन्द्रीय सदस्य निश्चलता लावती लगायतले हस्ताक्षर गर्नुभएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।