Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, September 23, 2015

आन्दोलनरत दललाई बार्तामा आउन नेपाली काँग्रेसका महामन्त्री सिटौलाको आग्रह


सुरुङ्गा (झापा) ६ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आन्दोलनरत दललाई बार्तामा आउन आग्रह गर्नुभएको छ ।

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ को घोषणा भएको खुशीयालीमा नेपाल महिला संघ र नेपाल शिक्षक संघले आज झापाको भद्रपुरस्थित नेपाली कांग्रेस नगर समितिको पार्टी कार्यालयमा आयोजना गरेको   बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

आन्दोलन र हिंसा नेपाली जनता र राष्ट्रको चाहना नभएकोले त्यसलाई त्यागेर चित्त नबुझेका कुरा शान्तिपूर्ण रुपमा माग्न असन्तुष्ट पक्षलाई आग्रह गर्दै उहाँले भन्नुभयो–‘समाजलाई नै अशान्त, आक्रान्त र धेरै नेपालीको रगत बगाए त्यस्तो बहादुरी देखाउनु आफैंमा असभ्य र अशोभनीय कार्य हो ।’
देशमा जारी संविधान नेपाली काँग्रेस, नेकपा एमाले र  एकीकृत माओबादी लगायत कुनै पार्टी विशेषको नभएर नेपाली जनताको भएको उहाँको भनाई थियो ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा संसद्द्वय सुधीरकुमार शिवाकोटी, अमृतलाल राजवंशीसहित  नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष जनक पाण्डे, पार्टीका महासमिति सदस्य तारा भुर्तेल, नेपाल महिला संघ झापा ३ नम्बर क्षेत्रीय सभापति शर्मिला अधिकारी लगयातले बोल्नुभएको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।