Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 28, 2015

फेसबुकको लत वृद्धमा पनि उत्तिकै




सुरुङ्गा (झापा) ११ असोज । सूचना प्रविधिको विकासले नेपालको सञ्चार क्षेत्रमा व्यापक परिर्वतन ल्याएको छ ।
विकासका पूर्वाधारहरु मध्ये सञ्चार क्षेत्रको विकास तराईदेखि हिमालसम्म र मेचीदेखि महाकालीसम्म समान रुपले भएको छ । सञ्चार क्षेत्रको विकासले नेपालीहरुलाई विश्वसंग नजिक बनाएको छ भने त्यससंगै विकास भएको इन्टरनेटको सुविधाले सदृष्य भेट गराएको छ ।
अहिले बोली फुटेका बालबालिकादेखि एकसय वर्ष पुग्न लागेका वृद्धहरुपनि सञ्चारले ल्याएको इन्टरनेट सेवाको उपभोग गरिरहेका छन् । त्यसको माध्यमबाट तत्काल ताजा खबर प्राप्त हुने साथै टाढा टाढाका आफन्तहरुसंग प्रत्यक्ष  भेटघाट हुने हुँदा त्यसको उपयोग बढेर गएको हो ।
प्रत्येक उमेर समूहका लागि फरक – फरक प्रकृतिका खुराक पाइनेभएकाले इन्टरनेट सेवा दुव्र्यसन सरहको अनिर्वाय साधन बन्दै गएको छ । यसका असल पक्षहरुलाई उपयोग गरी विद्यार्थीदेखि अध्योताहरुसम्मले लाभ लिइरहेका छन् । देश विदेशका घटना दुर्घटनाको सूचना प्राप्त गर्ने चाहनेहरुलाई विद्युतीय माध्यमको यो सेवा अत्यान्त प्रभावकारी बन्दै गएको छ । स साना बालबालिकालाई चित्रको माध्यमबाट जिज्ञासु बनाउन होस् वा विश्वका सम्पूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउन किन नहोस् विद्यालयदेखि नै कम्प्युटर शिक्षा लागू गरिएको छ । फलस्वरुप इन्टरनेट सेवाको  प्रयोगकर्ताको सङ्ख्या अहिले ह्वात्तै बढेको छ । विज्ञान जगतमा आएको पछिल्लो उपलव्धि र त्यससंग जोडिएको इन्टरनेट अनि त्यसकै माध्यमबाट सामाजिक सञ्जालमा जोड्ने फेसवुक यतिवला ‘नेपाली संस्कृति’ जस्तै बनिन थालेको छ ।
खासगरी सहर र बजारहरुमा हुर्किएको इन्टरनेट संस्कृतिले यसको पहुँच पुगेसम्मका ठाउँहरुमा प्रभाव पार्दै लगेको छ । बिर्तामोडका पुराना वासिन्दा टुङ्गवहादुर वस्नेत गएको असोज ४ गतेदेखि ९३ वर्ष लाग्नुभएको छ । उहाँलाई विहान उठ्नासाथ स्थानीय पत्रपत्रिकादेखि लिएर काठमाडौबवाट प्रकासित अखबारहरु पढ्नैपर्छ । अखबारसंगै गोजीबाट मोवाइल झिकेर इन्टरनेटको सहायताले अनलाईन समाचार पढ्न थाल्नुहुन्छ उहाँ । अनौठो कुरा छ के छ भने उहाँलाई मोवाइलको अक्षर पढ्न चस्मा लगाउनु पर्दैन  । इलामको ग्रामीण क्षेत्र साँखेजुङ्गमा जन्मनुभएका वस्नेतले ऊ वेला उपलव्ध भएको सामान्य शिक्षा मात्र हासिल गर्नुभएको थियो ।  त्यही आधारमा सामान्य अंग्रेजी बुझ्न  सक्नुहुन्छ उहाँ र सामाजिक सञ्जालमा लेखिएका ‘स्टाटस्’ पढ्न पनि सक्नुहुन्छ ।
सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहेका आफन्तसंग नजिक भइने विचार राख्ने वस्नेत राजनीतिक प्रतिपनि उत्तिकै सचेत हुनुहुन्छ ।  २०१५ सालमा भएको आम निर्वाचनका समयमा नेपाली काँग्रेसको इलाम क्षेत्रबाट प्रचारकसमेत रहनुभएका  वस्नेतसंग नेपाली काँग्रेसका आदर्श पुरुष वीपी कोइरालासंग सहचर्य गरेको अनुभव पनि छ । चेतना आएदेखि राजनीतिमा अबिच्छिन्न सम्लग्नता राख्दै आउनुभएका उहाँ फेसवुकका माध्यमबाट पनि देशको राजनीतिसंग नजिक हुँइने विचार ब्यक्त गर्नुहुन्छ ।
वयोवृद्ध वस्नेत फेसवुक प्रयोगकर्ताका प्रतिक मात्र हुनुहुन्छ ।  उहाँकै उमेर समूह र तहका नेपालीहरुमा पनि  यस्तो सेवाको उपयोग गर्ने प्रवृत्ति बढ्दै  गएको छ ।
 वस्नेत जस्तै झापाको सुरुङ्गा निवासी ७५ वर्षीय कोमलप्रसाद पोखरेलको पनि संसारलाई नजिकबाट नियाल्ने साधन अहिले फेसवुक नै बनेको छ । उहाँपनि वस्नेत जस्तै देश विदेशका खवर थाहा पाउनका लागि फेसवुक प्रयोग गर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – रेडियोले भन्दापनि छिटो फेसवुकबाट देश विदेशका घटना थाहा पाइदो रहेछ र मोवाइलबाटै अहिले फेसवुक चलाउछु ।  पोखरेललाई अहिले फेसवुक नशा जस्तै बनेको छ । विहान नृत्य कर्म सकेर चिया खादादेखि वेलुका सुत्नु अघिपनि फेसवुक नचलाई सुत्ने गरेको छुइन उहाँले भन्नुभयो ।
उहाँजस्तै साहित्यकार चुडामणि रेग्मी उमेरले झण्डै ८० वसन्त पार गरिसक्नुभयो । उहाँलाई पनि फेसवुक दैनिक नचलाई चित्तै बुझ्दैन ।   फेसबुकको माध्यमबाट समाचार मात्र होइन साहित्य सृजनापनि पढ्न पाइने भएकाले उहाँ दिनहुँजसो फेसवुक चलाउने गर्नुहुन्छ नेपाली लेखक संघ झापाका सल्लाहकार लक्ष्मण ढकालले भन्नुभयो ।  अहिले फोन भन्दा पनि सजिलो माध्यम फेसवुक भएकाले काही कुनै साहित्यिक कार्यक्रम हुने भए  म पनि उहाँसंग प्राय फेसवुकमै कुरा गर्छु ढकालले भन्नुभयो । फेसवुकबाट भिडियो च्याट पनि गर्न मिल्ने भएकाले हामी प्राय यो सेवाको उपयोग गरिरहेका हुन्छौं ढकालले भन्नुभयो ।
यता नेपाल प्राज्ञ प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाई पनि अहिले ७० को हाराहारीमा हिड्दै हुनुहुन्छ । उहाँको पनि फेसबुक अहिले सञ्चार माध्यमको सबैभन्दा प्रिय साधन बनेको छ । २०४६ सालबाट टेलिफोन सेवाको उपयोग गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ –‘ ऊ बेला टेलिफोन सबैभन्दा सजिलो सञ्चार माध्यम थियो तर अहिले त त्यो भन्दापनि सजिलो साधन फेसबुक भएको छ ।’  फेसवुकमा न त नम्वर चाहियो न त अरु केही एक पटक पोष्ट गरेपछि संसारले हेर्न सक्छन् त्यही भएरपनि यो साधन मेरो मात्रै होइन सबैको प्रिय भएको हुनसक्छ उहाँले भन्नुभयो ।
युवा वर्गले मात्रै फेसवुक सहित अन्य सामाजिक सञ्जाल चलाउछन् भन्ने मान्यतालाई पर राख्न माथिका पत्र नै काफी छन् । युवा वर्गले फेसवुकलाई सूचना लिने र सूचना दिने सञ्चारको सही माध्यम बनाउनु अनि अग्रजहरुको जानकारी प्राप्त गर्ने यस्तो प्रवृत्ति युवाहरुमा पनि आउनसके देशको अनुहार फेर्न धेरैसमय लाग्दैन । तस्विर पनि छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।