Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, March 17, 2015

झापामा २१ जना अपाङ्गता भएका विद्यार्थी सहित १५ हजार ८ सय २३ जना एसएलसीमा सहभागी हुँदै

       
सुरुङ्गा (झापा) २ चैत  । चैत ५ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षमा झापाबाट २१ जना अपाङ्गता भएका विद्यार्थी सहित १५ हजार ८ सय २३ जना विद्यार्थी  परीक्षामा सामेल हुने भएका छन् ।
जिल्ला शिक्षा कार्यालय झापाले दिएको जानकारी अनुसार कनकाई नगरपालिकामा रहेको कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका १३ जना सुस्त श्रवण, गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालय र दमकमा रहेको सरस्वती माध्यमिक विद्यालयका ८ जना विद्यार्थी सहित १५ हजार ८ सय २३ जना विद्यार्थी  परीक्षामा सामेल हुने भएका हुन् ।




जसमा  नियमित तर्फ छात्र ५ हजार ९ सय ३२ र छात्रा ६ हजार २ सय ५९ गरी कुल १२ हजार एक सय ९१ जना  परीक्षामा सहभागी हुँदैछन् । त्यस्तै एक्जाम्टेडमा छात्रतर्फ १ हजार २ सय ५० र छात्रातर्फ २ हजार ३ सय ८२ गरी कुल ३ हजार ६ सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय झापाका सहायक जिल्ला शिक्षा अधिकारी गणेश अधिकारीले बताउनुभयो । यो गतबर्षको तुलनामा चार सय १८ जनाले कमी हो । गत वर्ष झापाबाट १६ हजार २ सय ४१ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
परीक्षा दिनेमा यसवर्ष  नियमित तर्फ ५ जना दृष्टि विहीन र ९ जना सुस्त श्रवण भएका विद्यार्थी रहेका छन् । त्यस्तै एक्जाम्टेड तर्फ दृष्टि विहीन ३ ,सुस्त श्रवण भएका ४ जना विद्यार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेलले बताउनुभयो ।
त्यस्तै खुल्ला शिक्षातर्फ २ वटा समूहबाट २ सय ४२ जना परीक्षामा सहभागी हुने र  प्राविधिक धारतर्फ ३ वटा समूहबाट ८४ जनाले परीक्षा दिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
 यता  भुटानी शरणर्थी  शिविरबाट २ सय ९ जना परीक्षामा सामेल हुने भएका छन् । परीक्षाका लागि दुई जना महिला केन्द्राध्यक्ष सहित  ५१ वटा केन्द्ररमा ५१ जना केन्द्राध्यक्षको व्यवस्था गरिएको बताइएको छ । यसैगरी सहायक केन्द्राध्यक्ष ६९,निरीक्षक ६ सय ३७, सहयोगी दुईसय २ जना गरी ९ सय ९ जना कर्मचारी परिचालन गरिएको छ ।
परीक्षा सञ्चालनका लागि यस वर्ष लक्ष्मी उच्च माध्यमिक विद्यालय शनिश्चरेलाई नयाँ केन्द्र थप गर्दै झापामा ५१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी लुइटेलले बताउनुभयो ।
परीक्षा सञ्चालनका लागि सम्वन्धीत विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको र ६ वटा विद्यालयमा छिमेकी विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष बनाइएको जिल्ला शिक्षा अधिकारी लुईटेलको भनाई छ ।  
जिल्लाबाट सात सय १७ जना विद्यार्थीले यसवर्षको एसएलसी परीक्षामा सामेल हुन नपाउने भएका छन् । परीक्षाका लागि प्रवेशिका फारम भरेर वीचैमा पढ्न छाडेका,भुटानी शरणर्थी सहित शिक्षा नियमावली अनुसारका मापदण्ड नपुगेका विद्यार्थी परीक्षामा सामेल हुन नसक्ने बताइएको छ ।
यसवर्ष देशभरबाट ५ लाख ७४ हजार ६ सय ८५ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने भएका छन् ।




0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।