Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, March 17, 2015

झापामा वार्षिक रु ५० लाखको मह उत्पादन


पछिल्लो समय  भmापामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ ।
शिवसताक्षी नगरपालिकास्थित दूधे र वुधवारे गाविसको होक्सेका कृषकले सहकारी मार्फत व्यवसायिक रुपमा मौरी पालन सुरु गरेसंगै यो व्यवसाय झापामा फस्टाउँदै गएको हो ।







झापाका कृषकले मौरी पालन व्यवसायबाट वार्षिक रु ५० लाख मूल्य बरावरको  मह उत्पादन गर्ने गरेको नेपाल मौरी पालक संघका अध्यक्ष विष्णु संग्रैलाले जानकारी दिनुभयो । उहाँका अनुसार झापाका मौरी पालक कृषकले वार्षिक एकसय क्विन्टल भन्दा बढी मह उत्पादन गर्ने गरेका छन् । सहकारी मार्फत कृषकले उत्पादन गरेको मह झापाका विभिन्न वजार र अमेरिक, कोरिया, जापानसम्म जाने गरेको अध्यक्ष संग्रैलाले बताउनुभयो । अहिले झापाको शिवसताक्षी नगरपालिकामा सतासी महिला मौरी पालक सहकारी संस्था र वुधवारेको होक्सेमा होक्से कृषि सहकारी संस्थाले व्यवसायिक रुपमा नै मह उत्पादन गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाका अनुसार  शिवशताक्षी नगरपालिकामा  दुई सय ५२ घर परिवारका  कृषकले मह उत्पादन गर्ने गरेका छन् भने वुधवारे स्थित होक्सेका एकसय ५० भन्दा बढी कृषकले मह उत्पादन गर्ने गरेका छन् ।
२०६३ सालमा झापाको तत्कालीन अर्जुनधारा गाविस(शनिअर्जुन नगरपालिका) का अमरदीप भेटुवाल,बिर्तामोडका विष्णु संग्रैला र शनिअर्जुन नगरपालिका निवासी गणेश खरेलले व्यवसायिक रुपमा मैरी पाल्नसुरु गरेका थिए । मेलिथेरा र सेरेना जातका मौरी चितवनबाट झापामा ल्याएर आफूहरुले व्यवसायिक रुपमा मैरी पाल्न सुरु गरेको र अहिले महको माग बढ्दै गएपछि यो व्यवसाय प्रति झापाका कृषक थप उत्साहित बनेका छन् संघका अध्यक्ष संग्रौलाले भन्नुभयो । थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि मौरी पालन व्यवसायप्रति झापाका धेरै कृषक आर्कषित भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख तिम्सिानाले भन्नुभयो । अहिले झापामा उत्पादित मह कृषकले प्रतिकेजी पाँचसय रुपैयाँमा विक्री गर्ने गरेका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।