Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, March 17, 2015

भवन निर्माण कार्य अन्तिम चरणमा


सुरुङ्गा (झापा) ३ फागुन । झापाको बिर्तामोड नगरपालिकामा निर्माणाधीन यातायात व्यवस्था कार्यालय मेचीको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारको रु एक करोड ६७ लाख ५७ हजार ६ सय ७८ रुपैयाँ २५ पैसाको लागतमा निर्माण भइरहेको तीन तले भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जयकुमार घिमिरेले जानकारी दिनुभयो ।



जिल्ला प्राविधिक कार्यालय भद्रपुर झापाको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका – १ मा निर्माण भइरहेको भवन मार्ग देवी खनाल, प्रविण निर्माण सेवा जेभी दमकले निर्माणको जिम्मा लिएको बताइएको छ । २०७० साल चैत २७ गते निर्माण कार्य सुरु भएको भबनको निर्माणकार्य फागुन मसान्तमा सकिने सम्झौता भएपनि बन्द हड्तालका कारण समयमा निर्माण कार्य नसकिने घिमिरेको भनाई छ ।
भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले दुई महिनाको समयमाग गरेको बताइएको छ । यातायात व्यवस्था कार्यालय मेचीको आफ्नै भवन नहुँदा अहिले भाडाको घरमा कार्यलय सञ्चालित रहेको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।