Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, March 17, 2015

कलस यात्राबाटै ६ बालक बेपत्ता

           
सुरुङ्गा (झापा) ३ चैत । दक्षिणी झापाको चकचकीबाट  ६ जना बालक हिजो दिउसोदेखि  अचानक एकसाथ बेपत्ता भएका छन् ।
चकचकी – ४ का १२ देखि १६ वर्ष सम्मका ६ जना बालक हिजो दिउसो २ बजेबाट बेपत्ता भएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



यसरी वेपत्ता हुनेहरुमा चकचकी – ४ निवासी १२ वर्षीय नवीन विक, १३ वर्षीय भोला शर्मा, १४ वर्षीय नवीन पाठक, १५ वर्षीय निरज हस्दा , निरबहादुर पौडेल र १६ वर्षीय सुरज हस्दा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो । उनीहरु स्थानीय जनज्योति निमाविमा अध्ययनरत रहेको बताइएको छ ।
 चकचकी – २ मा रहेको शिवालय मन्दिरमा हिजोबाट सुरु भएको साताव्यापी पुराणको कलसयात्रामा उनीहरु सहभागी भएको र  घर नफर्केको बताइएको छ । घटनाबारे अनुसन्धान र बालकहरुको खोज तलास तीब्र पारिएको प्रहरीले जनाइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।