Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, April 4, 2015

सीके राउत झापाको राजगढबाट आज अपरान्ह पक्राउ


राजगढ,चैत २१ ।  राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिने सीके राउत आज झापाको राजगढबाट पक्राउ परेका छन् ।
राजगढमा आयोजित समारोहलाई सम्वोधन गर्न पुगेका उनी आज अपरान्ह ३ बजे राजगढबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिँदै हिडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिनुभयो ।
राउतलाई नियन्त्रणमा लिने क्रममा सीके राउत वचाउ अभियानका कार्यकताले प्रहरीलाई ढुङ्गामुढा गरेका थिए । सीके राउतका कार्यकर्ताको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलसहित एक जना प्रहरी हवल्दार र एक जना प्रहरी जवान घाइते भएका छन् ।
यता पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी राउतका कार्यकर्ता बोक्ने मोरङ्को पथरीस्थित त्रिव तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एम्वुलेन्स सहित ६ जना कार्यकर्ता इलाका प्रहरी कार्यालय घैलाडुव्वाले नियत्रणमा लिएको छ ।



को १ च ५५२२ नम्वरको  एम्वुलेन्समा कार्यकर्ता लिएर राजगढ तर्फ जाँदै गरेको एम्वुलेन्स प्रहरीले घैलाडुव्वा बाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको एम्वुलेन्स र सबै कार्यकर्तालाई   इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।