Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, April 27, 2015

भुकम्प पीडितका लागि पुनर्जन्मको ५१ हजार सहयोग


 सुरुङ्गा(झापा) १५ वैशाख ।  महाभूकम्प पीडितहरुका लागि झापाको बिर्तामोड नगरपालिका– १ स्थित पुनर्जन्म समूह नेपालले ५१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
समूहका अध्यक्ष राजु गिरीले झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका कार्यवाहक सभापति निर्मल भट्टराईलाई आज बिर्तामोडमा  ५१ हजार एक सय रुपैयाँ नगद हस्तान्तरण गरेको रेडक्रस सोसाइइटी बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।


पुनर्जन्म समूह नेपाल लागू औषध प्रयोगकर्ताहरुको उपचार र पुनस्र्थापनाका लागि कार्यरत रहेको समूहका परामर्श दाता सरोज श्रेष्ठ र स्वयम सेवक नेपाल रत्न शिवाकोटीले जानकारी दिनुभयो । बिर्तामोडमा वाणिज्य संघ, रेडक्रस सोसाइटीको अगुवाइमा अन्य संस्थाको सहभागितामा राहत संकलन गर्ने कार्यक्रम जारी छ ।
संकलित राहत जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाइने छ । राहत संकलनका लागि एकरुपता कायम गर्ने प्रशासनसंगको सहमति बमोजिम वाणिज्य संघ,रेडक्रसको अगुवाई तथा स्थानीय संघसंस्थाको सामुहिक सहभागितामा झापाका विभिन्न स्थानमा राहत संकलन जारी छ ।
२÷४ जना मिलेर तन्ना लिएर जथाभावी राहत संकलन गर्ने कार्यलाई भने प्रशासनले  निरुत्साहित गरेको छ । प्रशासनले संघसंस्थासंगको समन्वयमा एकरुपताकासाथ राहत संकलनमा जुट्न पनि आग्रह गरेको छ । झापाबाट एक करोड रुपैया राहत संकलन गरी पठाउने तयारी भएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।