Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, April 12, 2015

जवरजस्ती चन्दा उठाउने दुई पक्राउ


सुरुङ्गा (झापा)  चैत  २९  पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनलाई  रोकेर जवरजस्ती चन्दा उठाउने दुई जनालाई प्रहरीले झापाको वुट्टावारीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ५ निवासी १९ वर्षीया मुकेश थलाङ र वाहुनडागी– ८ निवासी ३२ वर्षीया  डिल्लीवहादुर पुरी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उनीहरुलाई प्रहरीले रसिद सहिद पूर्व पश्चिम राजमार्गको शनिअर्जुन नगरपालिकामा पर्ने वुट्टावारी सडक खण्डबाट फक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायन उपरीक्षक सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।
पक्राउ परेका थलाङ र पुरीले माधक पदार्थ सेवन गरी विभिन्न संघ संस्थाको नाममा चन्दा उठाएको बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।