Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, April 25, 2015

टाघनडुब्बामा एकीकृत घुम्ती शिविर सम्पन्न


सुरुङ्गा (झापा) १२ वैशाख । सदरमुकामबाट टाढा रहेका सेवाग्राहीहरुलाई सहजै सेवा प्रदान गर्ने उद्देश्यले दक्षिणी झापाको टाघनडुव्बामा एक दिने निःशुल्क स्वास्थ्य तथा एकीकृत घुम्ती सेवा शिविर आज सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापा, नेपाली सेना  श्री कालिवहादुर गण चारआली व्यारेकको आयोजना तथा रोटरी क्लव अफ बिर्तामोडको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो ।  जिल्ला प्रशासन कार्यालयले दिएको सो सेवाबाट सरणामती– ९ कि मनिषा ढुङ्गाना पहिलोपटक नागरिकता लिइएकी थिइन् । उनलाई प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नागरिकता प्रदान गर्नुभएको थियो । घुम्ती शिविरमा जिल्ला निर्वाचन कार्यालय झापाले फोटो समेतको मतदाता नामावली संकलन कार्य गरेको थियो भने जिल्ला प्रशासन कार्यालय झापाबाट वंशज र वैवाहिक अंगिकृत नागरिता , नावालक परिचय पत्र प्रदान गरिएको थियो ।

त्यस्तै जिल्ला कृषि बिकास कार्यालयले कृषिमेला प्रर्दशनी, वीउ विजन वितरण, श्रव्य दृष्य प्रर्दशनी सहित कृषकलाई प्राविधिक परामर्श समेत दिएको छ । कृषकहरुलाई लक्षित गरी जिल्ला पशुसेवा कार्यालय झापाले पशु स्वास्थ्य उपचार, पशु प्रजनन सेवा उपलव्ध गराएको थियो ।

शिविरमा महिला तथा वालवालिका कार्यालयले अंपाङ्गता परिचय पत्र बितरण गर्नुका साथै जिल्ला वन कार्यालयले विरुवा वितरण , वन संरक्षण सम्वन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय झापाले स्वास्थ्य सम्वन्धी सेवा प्रदान गरेको छ । स्वास्थ्य सेवामा जनरल फिजिसियन , स्त्री रोग , वाल रोग , हाड जोर्नी, मुटुरोग , दात सम्वन्धी रोग, आँखाको उपचार आदि सेवा प्रदान गरिएको थियो ।



 यसैबीच नेपाली सेना श्री कालिवहादुर गण चारआलीले सर्पदंश उपचार सम्वन्धी जनचेतना मुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।
शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी कमलवहादुर थापा,स्थानीय विकास अधिकारी फडिन्द्र दाहाल, कालिवहादुर गण चारआलीका गणपति ख्याम पौडेल,शसस्त्र प्रहरी सिमा सुरक्षा वल चन्द्रगढीका प्रहरी उपरीक्षक प्रेमप्रसाद पोखरेल,नेपाली कांगे्रस झापाका उपसभापति देउमान थेवे लगायतले शिविरको अनुगमन गरेका थिए ।
टाघनडुव्बा–९ स्थित डिल्लीराज उच्च माविमा भएको शिविरबाट दक्षिणी झापाका कुमरखोद, शरणामति,टाघनडुब्बा गाविसका सर्वसाधारण लाभान्वित भएका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।