Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, April 6, 2015

मौरी चरणमा समस्या भएको कृषकको गुनासो

  
सुरुङ्गा (झापा) २३ । झापाका मौरी पालक कृषकले मौरी चरणमा समस्या भएको बताएका छन् । भद्रपुरस्थित कलवलगुढीमा आज आयोजित ६ दिवसीय मौरी पालन तालिमको समापन समारोहमा सहभागी कृषकले यस्तो बताएका हुन् ।
व्यवसायिक कीट विकास निर्देशनालय हरिहरभवनले आयोजना गरेको तालिममा झापाका ३७ र उदयपुरका २० जना मौरी पलक कृषक सहभागी थिए । सहभागी मध्ये अधिकांशले मौरी चरणमा समस्या भएको बताएका थिए ।
तालिममा सहभागी मध्ये सतासी महिला मौरी पालक सहकारी संस्थाकी व्यवस्थापक देवीमाया दाहालले मौरी चराउन ठाउँको अभाव भएको र मौरी चराउन ढुवानीका लागि सरकारले सहुलियत दरमा ऋण उपलव्ध र सवारी साधनको व्यवस्था गर्न माग गर्नुभयो ।
त्यस्तै दाहालसंगै मोहन तिम्सिना र धनमाया थापाले समेत मौरी चरनमा समस्या भएकाले कृषकका लागि सरकारले सहयोग गर्नु पर्ने बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय झापाको संयोजनामा भएको कार्यक्रममा व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठले सरकारको कृषि विकासका लागि नयाँ योजना भएको बताउनुभएको थियो ।


 योजना अनुरुप कृषकका लागि सरकारले छिट्टै विशेष कार्यक्रम ल्याउने धारणा राख्नुभयो । कार्यक्रममा झापाका कृषि विकास अघिकृत मेघनाथ तिम्सिना, वाली संरक्षण अधिकृत राजेन्द्र खरेल लगायतले बोल्नु भएको थियो ।
यसैबीच तालिममा सहभागी कृषकलाई २० घार मौरी अनुदान दिइने बताइएको छ । हाल झापामा एकहजार दुईसय घार मैरी पालन हुँदै आएको र यसवर्षबाट दुईहजार भन्दा वढी घार मौरी पल्न थालिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
झापामा आर्थिक वर्ष २०७०÷०७१ मा रु ५० लाख मूल्य वरावरको मह उत्पादन भएको मौरी पालक कृषक संघ झापाका अध्यक्ष विष्णु संग्रोलाले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।