Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, April 5, 2015

एक सातादेखि राजगढमा विद्युतसेवा अवरुद्ध


सुरुङ्गा (झापां २२ चैत ।  ट्रान्सफर्मर बिग्रिएर समयमा मर्मत नगरिदा दक्षिणी झापाको राजगढ गाविसका स्थानीयबासी एक सातादेखि अन्धकारमा बस्न वाध्य छन् ।
राजगढ– ६ स्थित नयाँ वजारमा राखिएको ट्रान्सफर्मर गत आइतवार बिग्रिएको राजगढ वजार व्यवस्थापन समितिका सचिव प्रेमवहादुर घिमिरेले जानकारी दिनुभयो ।


 घिमिरेका अनुसार समयमा टान्सफर्मर मर्मतको माग गर्दै विद्युत प्राधिकरण अनारमनीलाई जानकारी गराएपनि एक सातासम्म ट्रान्र्फमर मर्मत नगर्दा राजगढवासी अन्धकारमा बस्न बाध्यछन् ।
विद्युत नहाँदा सवैभन्दा वढी विद्यार्थी मारमा परेको पशुपति उच्च मावि राजगढका पूर्व प्राचार्य नन्दकुमार कुवरले जानकारी दिनुभयो । वार्षिक परीक्षा दिइरहेका विद्यार्थी विुद्युत नहुँदा टुकी वालेर पढ्ने गरेको र आहिले हावा हुरीको समय भएकाले आगलागीको जोखिम समेत बढेर गएको कुवरको भनाई छ ।


  वजारमा राखिएको १०० केभीएको ट्रान्सफर्मर विग्रिदा राजगढ वजार सहित नौ वटै वडाका स्थानीय वासिन्दा टुकी वाल्न वाध्य छन् ।
यता नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिहले विग्रिएको ट्रान्सफर्मर मर्मतकालागि विराटनगर पठाएको र केही दिनभित्रमा विद्युत सुचारु गरिने बताउनुभयो । प्राधिकरणसंग नयाँ  ट्रान्सफर्मर नभएको र मर्मतका लागि दुईसाता लाग्ने भएकाले समस्या उत्पन्न भएको उहाँको भनाई छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।