Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, April 7, 2015

विद्युत विस्तारसंगै गाउँमा खुशीछायो


बिर्तामोड,चैत २४ । तीन वर्ष अगाडि किनेको सोलार विग्रिएर फेर्ने सोचमा थिएँ, घर अगाडि बिजुली बत्तीको तार टाँगिएपछि सोच परिवर्तन गरें’ राजगढ– ३ निवासी सुशीला घिमिरेले भनिन् – ‘२३ हजार खर्चिएर ल्याएको सोलर मधुरो बल्न थाल्यो । दुईपटक पानी फेरिसकेँ ,चर्को घाम लाग्दा मात्र उज्यालो दिन्छ, केटाकेटीलाई पढ्न समस्या भएपछि सोलार फेर्न पैसाको जोहो गर्दै थिएँ अब त्यो परेन’ हँसिली हुँदै सुशीलाले भनिन् । त्यसो त राजगढ – ३ तीलबारीका खड्ग बस्नेत पनि सोलार जोड्ने तरखरमा थिए । मेलापात गरेर जोडजाम गरको पैसाले उज्यालोमा बस्ने सोच उनमा पनि आयो ।

तर, ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत मनकामना सामुदायिक वन राजगढले सञ्चालन गरेको  विद्युत विस्तारको कार्यक्रम सुचारु गरिएसँगै बस्नेतमा आएको सोच परिवर्तन भयो । धेरै रकम खर्चेर सोलार किन्नुभन्दा घर अगाडि आएको विद्युत उपभोग गर्दा पैसासमेत बाच्ने भएपछि उनी अहिले घरमा वाइरिङ गराउन व्यस्त छन् ।  बस्नेत र घिमिरेमात्र होइनन् राजगढका  २, ३, ४, ५ र ६ नम्बर वडाका अधिकांश स्थानीय वासी सामुदायिक विद्युतीकरण कार्यक्रमप्रति औधि खुशी छन् यतिवेला । त्यस्तै राजगढ– ३ कै सृजना घिमिरेपनि विद्युत विस्तारसंगै खुशी छिन् ।





८ वर्ष अगाडि विजुली बाल्न पैसा तिरेकी सृजना पनि विजुली बाल्न पाइनेभएपछि अहिले घरमा वाइरिङ गराउदैछिन् ।   २०६३ सालमा वन समितिको अगुवाईमा विद्युत विस्तारको कार्यक्रम शुरु गरिए पनि समयमा  काम सम्पन्न नगर्दा निराश बनेका त्यहाँका स्थानीयवासी  अहिले सोलार जोड्न छोडेर घरमा विद्युतको वाइरिङ गराउदैछन् । रु ६७ लाख ५४ हजार रुपैयाँको लागतमा शुरु भएको योजनाको २० प्रतिशत रकम स्वयम् स्थानीयवासीले नै वेहोरेका छन् । ३६ महिना भित्र काम सक्ने सम्झौता अनुरुप जनमुखी, गोर्खा र मल्ला कन्ट्रकसनले निर्माणको जिम्मा लिएको थियो । तर, कन्ट्रकसनको आन्तरिक विवादका कारण समयमा काम सम्पन्न नहुँदा निरास वनेका स्थानीयवासी अहिले भने उत्साहित छन् ।
ग्रामीण विद्युतीकरण कार्यक्रम सफल बनाउँदै समयमा नै विजुली बाल्न सामुदायिक वनले  ८ लाख २२ हजार रुपैयाँ र उपभोक्ताले ४ लाख १० हजार रुपैयाँ जम्मा गरेका थिए । योजना अन्तर्गत हाइटेन्सनका लागि १ सय २६ वटा पोल खरिद गरी १० किलोमिटरसम्म फोरफेस लाईन जडान भएको छ भने २ सय ३३ वटा सानो पोल मार्फत १८.१३ किलोमिटर तथा थ्री फेस लाईन चार किलोमिटर विस्तारसँगै त्यहाँका झण्डै एकहजार तीन सय भन्दा वढी घरपरिवार लाभान्वित भएका छन् । यसैगरी उपभोक्ताले योजना वाहिरपनि १६० वटा पोल खरिद गरेका छन् । उक्त पोलमासमेत तार टागिसकिएको  ग्रामीण विद्युतीकरण कार्यक्रम संयुक्त वडा विकास समिति राजगढका अध्यक्ष भीम कार्कीले बताए । कार्कीका अनुसार यो संगै राजगढको दक्षिणी वडामा २५ किलोमिटर क्षेत्रभरि विद्युत विस्तार भएको छ । विद्युत लाईन विस्तारसँगै यसैसाताबाट विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रसँग समन्वय गरी करेण्ट प्रवाह गर्ने काम भइरहेको ग्रामीण विद्युतीकरण कार्यक्रम संयुक्त वडा विकास समिति राजगढका अध्यक्ष कार्कीले बताए । दक्षिण क्षेत्रकै ठूलो र महत्वकांक्षी योजना भएकाले पनि समयमा काम सम्पन्न गर्न नसकेको बताउँदै अध्यक्ष कार्कील भने –‘यो साता भित्र सबैले घर घरमा विजुली बाल्न सक्छन् ।’ त्यसो त जनमुखी कन्ट्रक्सनका पं्रमुख सुदर्शन विष्टले आफूले एक वर्ष अगाडि विद्युत लाईन विस्तारको काम सकेपनि समितिले ढिलाई गरेका कारण समयमा करेण्ट प्रंवाह गर्न नसकेको  बताएका छन् । उनले शुरुका केही वर्ष मल्ला र गोरखा कन्ट्रक्सनले काम गरेर बीचैमा छाडेकाले विद्युत विस्तारमा समस्या भए पनि अहिले सहज रुपमै काम सम्पन्न भएको बताए ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।