Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 15, 2015

झापाका शत प्रतिशत वालवालिकालाई विद्यालय भर्ना गराइने



  बिर्तामोड,वैशाख २ । बुधबारबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसंगै जिल्ला शिक्षा कार्यालय झापाले विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिने भएको छ । शैक्षिक दृष्टिकोणले झापालाई विकसित र  शिक्षित जिल्लाको रुपमा चिनिएपनि झापामा अझैं साढे दुई प्रतिशत विद्यालय जाने उमेर समूहका वालवालिका विद्यालय वाहिर रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७०÷७१ मा विद्यालय जाने उमेर समूहका तीन प्रतिशत वालवालिका विद्यालय वाहिर रहेपनि शैक्षिक सत्रको अन्त्यसम्ममा लक्षित वालवालिकालाई विद्यालय भर्ना गराएर भर्ना दर बढाएको जिल्ला शिक्षा अधिकारी लुइँटेलको भनाई छ । यसै शैक्षिक सत्र  २०७२ सालमा जिल्लालाई पूर्ण रुपमा निरक्षरता उन्मुलन गरी साक्षर जिल्लाको रुपमा घोषणाका अहिले आज विहीवारवाट विद्यालय भर्ना अभियान र विद्यालयमा महिला यौन हिसं विरुद्धको सप्ताहव्यापी अभियान सञ्चालन गरिने उहाँको भनाई छ ।

जिल्ला शिक्षा कार्यालयले ग्रामीण समुदायमा पुगेर भर्ना अभियान सञ्चालन गर्ने त्यस्तै श्रोत केन्द्र अन्र्तगत र जिल्लामा पनि विभिद कार्यक्रम गर्दै विद्यालय भर्ना अभियानलाई तीव्र बनाउदै शत प्रतिशत वालवालिकालाई विद्यालय भर्ना गरिने लुइँटेलले वताउनुभयो ।
झापामा हाल तीनसय ६२ वटा सामुदायिक, ३७५ निजी र गुठी, ५१ वटा मदरसा, एउटा गुम्वा, १७ वटा विशेष शिक्षा श्रोत कक्षा र ६ ठाउँमा बैकल्पिक शिक्षाको कक्षाबाट वालवालिकाले शिक्षा आर्जन गरिरहेका छन् । नियमित विद्यालय जान नपाउने बालवालिकालाई समेत लक्षित गरेर दमक , काँकरभिट्टा लगायतका स्थानमा बैकल्पिक शिक्षाको व्यवस्था गरिएकाले झापालाई यसैवर्ष पूर्ण साक्षर जिल्ला घोषणा गर्न सकिने जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।