Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 8, 2015

टावर छ , नेटवर्क छैन

             
सुरुङ्गा (झापा) २५ चैत । वुधवार विहान दक्षिणी झापाको राजगढका पुस्तक व्यवसायी जय आचार्य  निक्कै चिन्तित देखिन्थे । कानमा मोवाइल लाएर कहिले पसल भित्र त कहिले पसल वाहिर गरिरहेका थिए उनी । घरी एक्लै बोल्दै थिए उनी । अनि भन्दैथिए –‘कस्तो अरजेन्ट थियो फोन नै लाग्दैन ।’
उनीमात्र होइन झापाको कुमरखोद गाविसबाट राजगढ ससुराली आएका छविलाल पौडेलको पनि व्यथा उस्तै थियो ।  पौडेललाई बिर्तामोडमा रहेको कुनै कार्यालयमा सम्पर्क गर्नुथियो । तर, जति डायल गरेपनि मोवाइलले उही जवाफ दिइरहेको थियो – तपाइले डायल गरेको नम्वरमा अहिले सम्पर्क हुन सकेन केही क्षणपछि पुनःप्रयास गर्नुहोला ।

यतिखेर नेपाल दुर सञ्चार सस्थानको मोवाइलमा फोन गर्न खोज्दा डायल गरी नसक्दै आउने यस्तो जवाफले नेपाल दुर संञ्चर संस्थानका सेवाग्राहीहरु पीडामा छन् । पछिल्लो केही समयदेखि नेपाल टेलिकमले दिदै आएको सेवामा यस्तो समस्या देखिएपछि झापाका ग्रामीण भेगमा मात्र होइन दुर सञ्चारको कार्यालय रहेकै ठाउँका सेवाग्राही मोवाइल फोन हातमा बोकेर पनि सेवा पाउनबाट वञ्चित छन् ।



त्यसमाथि झन ग्रामीण क्षेत्रका स्थानीयको पीडा भनिसाध्य छैन । नेपाल टेलिकमले दुईवर्ष यता झापाका विभिन्न ठाउँमा टावर राखेर सेवा सञ्चालन गरेपनि सहज रुपमा सेवा उपलव्ध गराउन नसक्दा सेवाग्राही मारमा छन् । सहजै रुपमा सेवाग्राहीलाई सीमकार्ड उपलव्ध गराएपनि दुरसञ्चारले सेवा उपलव्ध गराउन नसक्दा आचार्य र पौडेल जस्ता हजारौं सेवाग्राहीले साधन भएरपनि उपयोग गर्न पाइरहेका छैनन् । राजगढमा भेटिएका आचार्य भन्दै थिए–‘ वजारमा नै एनटीसीको टावर राखिएको छ नेटवर्क छैन ।’
राजगढ वजारमा नेपाल दुर सञ्चार संस्थानले दुई वर्ष अगाडि एनटीसीको वीटीएस टावर राख्यो । तर, टावर भएरपनि त्याहाँका स्थानीयले सहजै सेवा पाउन नसक्दा आचार्यको जस्तो पीडा धेरैको छ ।  हुन त वीटीएस टावर राखिएको ठाउँवाट पाँच किलोमिटर क्षेत्रभित्र सहजै सेवा पुग्नुपर्ने हो तर राजगढका स्थानीयले त्यो सेवा पाउन सकेका छैनन् । सेवा सहजै उपलव्ध नहुँदा राजगढ गाविसका सेवाग्राही मात्रै होइन छिमेकी गाविस चकचकी, डाँगीवारी, घेरावारी जलथल र गोलधापको दक्षिणी भेगका सेवाग्राही मारमा छन् । नेपाल टेलिकमले सहजरुपमा सेवा प्रदान गर्न नसकेकै कारण पछिल्लो समय राजगढ लगायत दक्षिणी झापाका घेरावारी, चकचकी, जलथल लगायत आघा दर्जन भन्दा वढी गाविसका स्थानीयले एनटीसीको सीम प्रयोग गर्न छाडिसकेको घेरावारी गाविसका कर्मचारी भक्त कार्कीले बताए । उनले भने –‘अरु भन्दा राम्रो र फोन गर्दा सस्तो पनि पर्छ भनेर मैलेपनि एनटीसीको सिम किने । काम नरेपछि दुई महिनादेखि गोजिमा सीमकार्ड वोकेर हिँडेको छु ।’ उनको जस्तै समस्या छ राजगढ – ८ प्रतिभाटोलका यामप्रसाद तिम्सिनाको पनि । तिम्सिनाले एनटीसीले सहजै सेवा नदिएपछि एनसेलको सिम किनेर गर्जाे टारिरहेको बताए । उनले भने –‘व्यापारी मान्छे कतिखेर कहाँ पुगिएको हुन्छ यता एनटीसीको टावर विजुलीको लाइन भए हुन्छ नभए हुँदैन कतिखेर वत्ती आउँछ र फोन गरुला भनेर वस्ने कुरो भएन अनि एनसेलको सीम किने ।’
  पूर्व पश्चिम राजमार्गबाट झण्डै २० किलोमिटर दक्षिण राजगढमा लेण्डलाईनको सेवा नपुगेपनि दुर सञ्चारले दिदै आएको एनटीसीको सेवा प्रभावकारी वनाइदिएपनि धेरैलाई फाइदा पुग्थ्यो दिव्यज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल मनोज खरेलले भने –‘हातमा फोन भएर के गर्नु समयमा कुरा गर्न पाइदैन । फोन लागिहाले कुरो आधा नगर्दै फोन काटिन्छ ।’
आखिर किन यस्तो भयो त दुर सञ्चारले दिने सेवा ? नेपाल टेलिकम विर्तामोडका प्रमुख रवीन्द्र थापा पूर्वाञ्चल दैनिकसंग भन्छन्–प्राविधिक कारणले यस्तो समस्या आयोहोल तुरुन्त समाधान हुन्छ । उता दक्षिणी क्षेत्रमा हुने गरेको समस्या प्रति अनभिज्ञता प्रकट गरेका थापाले भने –त्यस्तो सेवा नै प्रभावित भएको गुनासो कतैबाट आएको छैन यदि रहेछ भने सेवालाई चुस्त दुरुस्त राख्छौं ।’

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।