Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 23, 2015

पत्रकारको सदस्यता नवीकरण खुल्ला


सुरुङ्गा (झापा)१० वैशाख ।  नेपाल पत्रकार महासंघ झापा, शाखाले २०७२ सालको सदस्यता नवीकरण खुल्ला गरेको छ ।
  महासंघ झापा शाखाको  आज बसेको बैठकले सदस्यता नवीकरण खुल्ला गर्ने सहित विभिन्न निर्णयहरु गरेको छ ।
  अध्यक्ष  भीम नेम्वाङको अध्यक्षतामा बसेको वैठकले बैशाख मसान्त सम्ममा सदस्यता नवीकरण गर्न सबै सदस्य पत्रकारहरुलाई आग्रह गरेको महासंघका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।

३ मे  अर्थात बैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस महासंघको बिर्तामोडस्थित कार्यालयमा पत्रकारको पेशागत सुरक्षा, हक हित र प्रेस स्वतन्त्रताका सम्बन्धमा अन्तरक्रिया गरी मनाउने पनि निर्णय गरिएको छ । कार्यक्रममा सहभागिताकालागि महासंघले सबै पत्रकारलाई आग्रह गरेको छ ।



त्यस्तै २०७० फागुन २५ गते निर्वाचित महासंघको वर्तमान कार्यसमितिको एक वर्षे कार्यकाल र गतिविधिको समीक्षा गर्दै गतिविधि समेटिएको प्रतिवेदन अनुमोदन गरिएको छ  । साथै २०७० फागुन देखि २०७१ माघ मसान्तसम्मको ९,२४,५०९।– रुपैयाँको आम्दानी, ८,९१,५४३।– रुपैयाँको खर्च विवरण र ३२९६६।– रुपैयाँ बैंक मौज्दात रहेको कोषाध्यक्ष प्रेम आचार्यद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनबारे समीक्षा गर्दै आर्थिक प्रतिवेदन संसोधन सहित अनुमोदनका लागि आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी  बिर्तामोड नगरपालिकाको नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिमा पत्रकार महासंघको तर्फबाट सचिव एकराज गिरीलाई प्रतिनिधि पठाउने निर्णय गरिएको छ ।
सञ्चार मन्त्रालयले प्रदान गर्दै आएको महासंघ जिल्ला शाखा भवन निर्माण अनुदान महासंघ झापा शाखाको तर्फबाट माग गर्ने,महासंघ झापाका सदस्यहरुको फोटो सहितको व्यक्तिगत विवरण अद्यावधिक गर्ने निर्णय गरिएको छ । सबै पत्रकारको व्यक्तिगत विवरण  महासंघको वेवसाइटमा राखिने समेत जनाइएको छ ।


बैठकका निर्णयहरु

नेपाल पत्रकार महासंघ झापा शाखाको बैठक आज मिति २०७२ साल बैशाख १० गते विहीबार अध्यक्ष श्री भीम नेम्वाङको अध्यक्षतामा बस्यो । बैठकले निम्न निर्णयहरु गरेको छ ।
१)            २०७० फागुन २५ गते निर्वाचित वर्तमान कार्यसमितिको एक वर्षे कार्यकाल र गतिविधिको समीक्षा गर्दै गतिविधि समेटिएको प्रतिवेदन अनुमोदन गरियो । साथै २०७० फागुन देखि २०७१ माघ मसान्तसम्मको ९,२४,५०९।– रुपैयाँको आम्दानी, ८,९१,५४३।– रुपैयाँको खर्च विवरण र ३२९६६।– रुपैयाँ बैंक मौज्दात रहेको कोषाध्यक्ष प्रेम आचार्यद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनबारे समीक्षा गरियो । आर्थिक प्रतिवेदन संसोधन सहित अनुमोदनका लागि आगामी बैठकमा पेश गर्ने निर्णय गरियो ।
२)           महासंघका सदस्यहरुको २०७२ सालको सदस्यता नवीकरण मिति २०७२÷०१÷३० सम्ममा गरिसक्ने गरी सबै सदस्यहरुलाई सूचनाप्रवाह गर्ने तथा  नवीकरण शुल्क  लिएर केन्द्रीय कार्यालयका सिफारिस गर्ने सर्वसम्मत निर्णय गरियो ।
३)           महासंघ झापा शाखाको आर्थिक गतिविधिलाई अझ व्यवस्थित गर्न राष्ट्रिय वाणिज्य वैंक बिर्तामोड शाखामा खाता खोल्ने तथा अध्यक्ष भीम नेम्वाङ, सचिव एकराज गिरी र कोषाध्यक्ष प्रेम आचार्यको संयुक्त नाममा सञ्चालन हुने खातामा अध्यक्ष र सचिव मध्ये एक तथा कोषाध्यक्षको अनिवार्य हस्ताक्षरबाट सञ्चालन हुने निर्णय गरियो ।
४)            बिर्तामोड नगरपालिकाको नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिमा पत्रकार महासंघको तर्फबाट सचिव एकराज गिरीलाई प्रतिनिधि पठाउने निर्णय गरियो ।
५)           ३ मे २०१५ तथा २०७२ बैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस महासंघको बिर्तामोडस्थित कार्यालयमा पत्रकारको पेशागत सुरक्षा, हक हित र प्रेस स्वतन्त्रताका सम्बन्धमा अन्तरक्रिया गरी मनाउने निर्णय गरियो ।
६)           सञ्चार मन्त्रालयले प्रदान गर्दै आएको महासंघ जिल्ला शाखा भवन निर्माण अनुदान महासंघ झापा शाखाको तर्फबाट माग गर्ने निर्णय गरियो ।
७)           महासंघ झापाका सदस्यहरुको फोटो सहितको व्यक्तिगत विवरण अद्यावधिक गर्ने निर्णय गरियो ।
८) विविध
क)  महासंघ झापा शाखाका पूर्व तथा वर्तमान अध्यक्षको फ्रेमसहितको फोटो महासंघको कार्यालयमा राख्ने निर्णय गरियो ।
ख) २०७०÷११÷२५ गते सम्पन्न महासंघ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वराबरी मत प्राप्त गर्ने तीन सदस्यको हकमा  निर्वाचन समिति र कार्यसमितिको निर्णय बमोजिम पहिलो वर्ष सुशीला संग्रौलाले सक्रियता पूर्वक आफ्नो जिम्मेवारी पूरा गरेकोमा धन्यवादसहित आगामी बैठकबाट आमन्त्रित सदस्यको रुपमा बैठकमा सहभागी गराउने, आजका मितिबाट राजकुमार ओलीलाई कार्यसमिति सदस्यमा स्वागत गर्ने तथा अर्का सदस्य अमित खम्बूलाई तेस्रो वर्षको उहाँको कार्यकाल भन्दा अगाडि आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने सर्वसम्मत निर्णय गरियो ।
ग) महासंघका कार्यालय सचिव खेम बराल मिति २०७१÷११÷२९ गते भारत आसाम निवासी गोमा काफ्लेसँग र महासंघका कार्यसमिति सदस्य पार्थ मण्डल २०७२÷०१÷०९ गते भद्रपुर निवासी जइता रायसँग विवाह बन्धनमा बाँधिनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल र सुखमय दाम्पत्य जीवनका लागि शुभकामना व्यक्त गरियो ।
वैठक सौहार्दपूर्ण वातावरणमा सबै सदस्यको सक्रियतामा सम्पन्न भएकोमा अध्यक्ष श्री भीम नेम्वाङबाट धन्यवाद ज्ञापनसहित बैठक समापनको घोषणा गरियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।