Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 29, 2015

भुकम्प पीडितको उपचारार्थ सात सदस्यीय टोली झापाबाट काठमाडौं प्रस्थान


सुरुङ्गा (झापा) १६ वैशाख । शनिवार गएको विध्वंशकारी भुकम्पबाट पीडित बनेकाहरुको औषधि उपचारका लागि डाक्टरहरुको सात सदस्यीय टोली आज झापाबाट काठमाडौं प्रस्थान गरेको छ ।
शान्ति नेपाली समाज नेपालको अगुवाइमा मनमोहन मेमोरियल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडको सात सदस्यीय टोली काठमाडौं प्रस्थान गरेको अस्पताल सञ्चालक समिति सदस्य ढाँचाराज कडरियाले जानकारी दिनुभयो ।

कडरियाका अनुसार अस्पतालका इमरजेन्सी इन्चार्ज डा. लोकेन्द्र मेचेसहित डा. दिपक पौडेल,डा.दिलिप पौडेल, डा.रामकुमार आचार्य, डा.दिपेन्द्र थापा, डा.विवेक थापा र डा.मन्दिप रिजाल   भुकम्प पीडितको औषधि उपचारका लागि आवश्यक सामग्री सहित भुकम्प प्रभावित क्षेत्र काठमाडौं प्रस्थान गरेको हो ।
 जिल्ला प्रशासन कार्यालय झापासंग स्वीकृति लिएर समाजले भुकम्प पीडितका लागि औषधि उपचार गर्न काठमाडौं गएको कृष्ण विमलीले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।