Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, April 27, 2015

यो ‘डिजास्टर’सँग बच्न सबैलाई सबैको सहयोग होस् भन्ने चाहन्छु


                                                                                   
 -   तेजप्रसाद पौडेल– प्रमुख जिल्ला अधिकारी 
महाभुकम्पको विध्वंशलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 
यो ‘मेघा डिजास्टर’ नै हो । यसलाई ९० साल पछिको ठूलो महाविनाशकारी भुकम्पको रुपमा मैले लिएको छु । यसले धेरै ठूलो क्षति पु¥याएको छ । मानवीय क्षतिको कल्पनै गर्न सकिदैन अहिले । त्यसको साथै भौतिक क्षति त छँदैछ, यसको लेखाजोखा गर्न त बाँकी नै छ । अहिले आएको धनजनको क्षतिको आँकडा यकिन नभए पनि बढ्ने सम्भावना देखिएको छ । भुकम्पले धेरै ठाउँमा क्षति पु¥याएको छ । नेपालका  झण्डै २०÷३० वटा जिल्लामा प्रत्यक्ष रुपमा प्रभावित भएको छ ।  तसर्थ हाम्रो देशले यसलाई व्यवस्थापन गर्न निकै कठिन हुने ‘डिजास्टर’को रुपमा मैले लिएको छु ।



झापाको स्थिति के छ अनि क्षतिको अवस्था ? 
सौभाग्यबश झापामा मानवीय क्षति भने भएको छैन ।  हामी झापावासी यो मानेमा भाग्यमानी छौं । तर, देशमा परेको यो विपदमा हामी झापावासी भाग्य मानि भनेर पुग्दैन ।  महाभूकम्प गएको २५ घण्टापछि पुनः भुकम्पको धक्का हामीले अनुभव गरेका छौं । त्यसले त्यति ठूलो क्षति पु¥याएको कुरा आएको छैन । हामी चौबिसै घण्टा उच्च सतर्कताका साथ बसेका छौं अहिले । अघिल्लो दिन भुकम्प आउँदा आत्तिएर केही मानिस बेहोश भएका थिए । उनीहरुको औषधि उपचार भइसकेको छ । त्यो बाहेक झापामा कसैको दुःखद निधन र घाइते भएको अवस्था छैन । भौतिक क्षतिको सन्दर्भमा कुरा गर्दा एकदमै ठूलो क्षति छैन, केही घरहरु, प्रहरी चौकी, खानेपानी टङ्याकी अलिकति फुटेको अवस्था छ । त्यो बाहेक त्यस्तो ठूलो क्षति छैन ।




पूर्व तयारी कस्तो छ नि ? 
पूर्व तयारीको बारेमा कुरा गर्दा हामी कोअर्डिनेशनमा बस्ने हो ।  हाम्रो जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पनि बसिसकेको छ । सरोकारवालासँग सहकार्य पनि भइराखेको छ अहिले । हामीले क्षतिको विवरण संकलन गरिरहेका छौं । विवरण संकलनका लागि विभिन्न टिमहरु परिचालन गरिएको छ । आवश्यकता परिसक्दा हाम्रो टिमले तुरुन्त डिसिजन गर्छ, त्यही अनुरुप साधनस्रोतको पनि व्यवस्थापन गरेर हामी बसेका छौं ।
राहत संकलन बारे के छ तयारी ?
राहत संकलनका लागि वास्तवमै अहिले हामीले संवेदनशील भएरै सोच्ने बेला आएको छ । राहत संकलन गरेर प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने गरी हामीले एकजुट भएर राहत संकलन गर्नुपर्ने अवस्था छ । जस अनुसार हाम्रो टिम जुटिसकेको छ । झापामा रहेका विभिन्न संघसंस्था, उद्योग वाणिज्य संघ सहित सबैसँगको सहकार्यमा काम गर्नेछौं र सहयोगका  लागि पनि हामीले आव्हान गरेका छौं । त्यसका लागि हामीले दैवी प्रकोप उद्धार समितिको खातामा रकम जम्मा गर्न शुरु गरिसकेका छौं । राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ३२९१ मा यहाँहरु मध्ये कसैले रकम जम्मा गर्न चाहनुहुन्छ भने पनि सक्नुहुन्छ । हामीले सम्पूर्ण बैंकहरुसँग पनि कुराकानी गरेका छौं । राहत संकलनका लागि जसलाई जहाँ सहज हुन्छ, त्यहाँ रहेका बैंक मार्फत रकम जम्मा गर्न सक्नुहुन्छ उक्त खातामा । पचास रुपैयाँसम्म पनि बैंकले रकम लिने र त्यसको भौचर दिने कुरा भएको छ । जसले जति सक्छ सहयोग गर्न म आग्रह पनि गर्छु सवैलाई । यो भयो एउटा प्रक्रिया ।  अर्को चाहिं विभिन्न संघसंस्थासँगको समन्वयमा घरघरमा गएर व्यक्तिव्यक्तिलाई भेटेर राहत संकलन गरेर एकमुष्ट रकम जम्मा गर्ने पनि व्यवस्था छ । यसरी  सवैतर्फवाट सहयोग जुटेको रकम हामी प्रधानमन्त्रीको राहत कोषमा रकम जम्मा गर्ने छौं ।


राहत संकलनको के छ तयारी  ?
झापाबाट हामीले एक करोडभन्दा बढी रकम उठाएर एक मुष्ट पठाउने लक्ष्य हामीले लिएका छौं ।  विभिन्न संघसंस्थासँग बसेर कुराकानी गर्दा सबै ईच्छुक भएको र एक करोडभन्दा कम रकम नपठाउने कुरा भएकाले सोही अनुसार हामी लागि परेका छौं । सबै ‘मेकाजिम’ले सहज रुपमा काम गर्ने हो भने सबैले रकम सहयोग गर्नुहुन्छ र एक करोड भन्दा बढी रकम उठाएर प्रधानमन्त्री राहतकोषमार्फत भुकम्प पीडितलाई सहयोग गर्नसक्छौं । झापा त्यसैपनि विशिष्ट स्थानमा छ । यहाँ सहयोगी मन भएका मानिसको वसोवास रहेको छ । तसर्थ यस्ता  प्रवृत्ति भएका कारण पनि एक करोड रकम उठाउन हामीलाई समस्या छैन जस्तो मलाई लागेको छ । अहिले पनि कर्णाली र अर्को एक सहकारीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग दिइसकेका छन् ।

जिल्लामा रहेका संघ संस्थासंगको ‘कोअडिनेशन’ कस्तो छ ?
हामी झापाका सबै संघसंस्थासँगको ‘कोअर्डिनेशन’मा नै छौं । अहिले हामी सुरक्षा निकाय, नेपाल रेडक्रस लगायतका निकाय एकदमै कोर टिम भित्र पर्छौं । हामी तत्काल राहतका लागि वा उद्धारका लागि कुदिहाल्नुपर्ने निकाय भएकाले हामी एकदमै समन्वय गरिरहेका छौं । त्यस्तै अन्य संघसंस्थासँगको समन्वय उत्तिकै रहेको छ । तुरुन्तै राहत पु¥याउनुपर्ने भयो भने विषयगत समिति मार्फत पनि काम गर्ने गरेका छौं हामीले ।

यो वेला आम नागरिकलाई के भन्नुहुन्छ ? 
यो राष्ट्रिय विपत्तिको घडी हो । यो बेला हामी सबैको होस हराएको अवस्था पनि छ । राज्यले, दलका प्रतिनिधिले, विभिन्न संघसंस्थाले उच्च मनोबल सहित बस्न भनिरहे पनि हामीले चाहेजस्तो छिटो नभइरहेको परिस्थिति होला । यदि यस्तो अवस्था छ भने पनि अत्यन्त धैर्यताका साथ हरेक व्यक्तिले यो महाविपत्तिसँग लड्न आवश्यक छ । हामीले पटकपटक भुकम्पको धक्का महसुस गरेको अवस्था अहिले पनि छ । यसका लागि अत्यन्त सतर्कता अपनाउनुपर्ने हुन्छ । घरभित्रबाट बाहिर बस्नुपर्ने अवस्था पनि हुन्छ । फेरि पनि यस्ता भुकम्पका धक्का आएमा खुल्ला ठाउँमा बस्न सबैमा म आग्रह गर्छुृ  । यो ‘डिजास्टर’सँग बच्न सबैलाई सबैको सहयोग होस् भन्ने म चाहन्छु ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।