Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 8, 2015

विकासका नाममा राजनीति भएको समिति विघठनको माग


बिर्तामोड,चैत २५ । साधुपर्ती प्राथमिक विद्यालय राजगढमा कार्यरत पूर्व शिक्षक अजुर्न घिमिरे  निराश छन् अहिले । कनकाई वहुमुखी क्यामपस सुरुङ्गामा  स्नातकोत्तर गर्दै गरेका घिमिरेमा निराशा छाउनुको कारण हो विकासका नाममा भएको राजनीति ।
स्थानीय साधुपर्ती प्राथमिक विद्यालयमा छदा खाँदैको जागिर छाडेर बिर्तामोडमा डेरा बसेका उनी तीन दिन अघि घर पुगे ।  सुगम जिल्लाको रुपमा झापा परिचत भएपनि दुर्गम गाउँको रुपमा परिचित छ राजगढ– ९ स्थित साधुपर्ती । साधुपर्तीमा न त विद्युत सेवा पुगेको छ न त वाटोघाटो नै । भएको गोरेटो बाटो पनि हिउदमा धुलाम्वे अनि वर्षा याममा हिलाम्वे हुन्छ ।

 भागुडुब्बा वजारबाट पूर्व दक्षिणी भएर बग्ने अन्धुवा खोला वर्षायाममा उर्लिएर आउँछ । निजकै साधुपर्ती प्राथमिक विद्यालय । विद्यालयमा निम्न वर्ग अनि पीछडिएका समुदायका वालवालिका अध्ययन गर्छन । खोलो घटे विद्यालयमा विद्यार्थी भरिभराउ खोलो  बढे कक्षा कोठा खाली । यस्तो समस्याले जकडिएको साधुपर्तीको विकासका लागि संसदीय क्षेत्र विकास कोषबाट सभासद केशवकुमार बुढाथोकीले १० लाख रुपैयाँ विकास निर्माणका लागि दिने निर्णय गरे । निर्णय अनुरुप २ महिनाअगाडि बजेट सार्वजनिक गर्दा खुशी बनेका घिमिरेका खुशीको सीमा धेरै दिन टिकेन । राजगढ – १ बोक्राझाडी,साधुपर्ती हुँदै घेराबारीसम्म जोड्ने सडकलाई ग्राभेलका लागि रकम छुट्याए पनि काम गर्ने दोरानमा कोठे निर्णय गर्दै समिति गठन गरेको भन्दै विरोध भएपछि घिमिरेको खुशी खोसियो । घिमिरेको मात्र होइन.लक्ष्मीथान सामुदायिक वन समूहका  सह सचिव भूमिराज थापा पनि चिन्तित् छन् यतिबेला । चिन्तित हुनुको कारण उनको उही नै हो । विकास निर्माणका लागि छुट्याइएको  रकम सदुपयोग गर्न स्थानीय प्रेमबहादुर बस्नेतको अध्यक्षतामा गत चैत ५ गते समिति निर्माण गरिए पनि चौतर्फी विरोधसँगै समिति विघठनको माग गर्दै गाविसमा उजुरी परेपछि विकासका नाममा राजनीति भएको बताउँछन् त्यहाँका स्थानीयवासी । निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च गर्न गाउँ विकास समितिको रोहबरमा समिति गठन गरिनु पर्ने प्रावधान भए पनि त्यो नगरी एकलौटी ढंगले समिति गठन गर्दा यस्तो समस्या आएको बताउँछन् राजगढ समिति सचिव तेजप्रसाद रेग्मी । रेग्मी भन्छन् –‘बस्नेतजीको अध्यक्षतामा समिति बनाइएछ । पछि हामीलाई जानकारी दिइयो । जानकारीसँगै समिति विघठनको निवेदन गाविसमा परेको छ । विवाद मिलाउने हामी काम गर्दैछौं ।’
अन्धुवा खोलामा पुल निर्माणका लागि भन्दै बस्नेतको संयोजकत्वमा गठित समितिले गाविसलाई लिखित जानकारी गराएको थियो । तर, त्यहाँका अधिकांश सर्वसाधारणले जुन शीर्षकमा रकम विनियोजन भएको छ सोही मुताविक रकम खर्च गर्न माग गरेपछि एक सातादेखि गाविस सचिव रेग्मी विवाद मिलाउन व्यस्त छन् । पटक – पटक वार्ता र सम्वादसँगै सचिव रेग्मीले सहज रुपमा विकास निर्माणको काम सम्पन्न गर्न भने पनि आन्तरिक कलहका कारण न त गठित समितिले पूर्णता पाएको छ  न त नयाँ समिति नै गठन हुन सकेको छ । यस अघि बस्नेतको अध्यक्षतामा मंगलबहादुर केरुङलाई उपाध्यक्ष पोषराज केरुङलाई सचिव, मंगल किस्कूलाई सहसचिव र बालिका बुढाथोकीलाई कोषाध्यक्ष बनाइएको थियो । त्यसै गरी समितिको सदस्यमा टेकबहादुर लिम्बू, गीता गौतम, डुमर सिंह राजवंशी, रोमिला हजाम रहेका थिए भने अनुगमन समितिको संयोजकमा लोकनाथ गौतमलाई चयन गरिएको जानकारी गाविसलाई गराइएको थियो । बस्नेत लगायत केही अगुवाले रकम खर्च गर्न आफू खुशी समिति गठन गरेको भन्दै त्यहाँका स्थानीयले उजुरी गरेसँगै अहिले राजगढस्थित भागडुब्बा बजार विवाद मिलाउने थलो बनेको लक्ष्मीथान सामुदायिक वनका एक सदस्यले बताए । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।