Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 16, 2015

सुखानी सहीद स्मृति प्रतिस्ठानमा पर्यटकको आवागमनमा वृद्धि

  
सुरुङ्गा (झापा) ३ वैशाख ।  ठेलामठेल लाईन । सबैलाई हतर छ । कसैलाई टिकट बेच्न भ्याई नभ्याई छ त, कसैलाई टिकट किन्ने ठाउँसम्म पुग्नस छ ।  सयौँ गाडी, मोटरसाइकल र सिटी सफारी  आउने र जाने क्रम विहान ७ नबज्दै सुरु हुन्छ ।  टिकट काटेर भित्रिएकाहरु जंगलको  छहारीमा रमेका दृष्य प्रशस्त देखिन्छ ।  कोही बोटिङमा मस्त छन् अनि कोही झुरुप्प र कोही ‘सङ्गल’  फोटो खिच्न मस्त छन्  । यस्तो  दृष्य नयाँ वर्ष सुरु भएसंगै  देख्न सकिन्छ झापाको  शनिअर्जुन नगरपालिकामा हालै निर्मित  सुखानी सहीद स्मृति प्रतिस्ठान सहीद  उद्यान (सालबारी) मा ।



झापाको कान्छो पर्यटकीय क्षेत्रको रुपमा चिनिएको सालबारीमा नयाँ बर्ष मनाउनेहरुकालागि अहिले पहिलो रोजाई बनेको छ ।  झापाकै दोमुखा, जामुनबारी, बिराट पोखर, सतासीधाम,किच्चकवध,नेपालकै होचो स्थान केचनाकलव, अजुनधारा र इलामको कन्यामसम्म पुग्ने धेरै आन्तरिक तथा वाह्य पर्यटकले  यो वर्ष साबारीमै खुशी साटासाट गरेका छन्  । शिक्षक, व्यपारी, सामाजिक व्यक्तिहरु, यातायात मज्दुर सबैले सालबारी घुम्दै ७२ सालको शुरुवात गरेको दृष्य प्रसस्त देखिन्छ यतिवेला  ।
ठूलो जंगलको क्षेत्र भित्र सुन्दर र  आकर्ष वन वाटिका , झापा बिद्रहका ५ सहीदको मूर्ति, ठूलो पोखरी भित्र बोटिङको समेत सुविधा रहेको साथै पोखरीमा आकर्षक काठको पुल रहेकाले पनि धेरैको मन लोभ्याउँदैछ सालवारीले । दैनिक झण्डै एक हजारको  हाराहारीमा आउने पर्यटकहरु नयाँ वर्ष सुरु संगै दैनिक ४ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको सुखानी सहीद स्मृति प्रतिस्ठान सुपरभाइजर रमेश भट्टराईले बताउनुभयो ।
जर्मनीको आरको नेपाल नामक संस्थाको सहयोगमा कछुवा संरक्ष अभियान अगाडि बढाइएकाले पनि यहाँ पर्यटकको आवागमन बढेको भट्टराईको भनाई छ । यो वर्षको सुरुका तीन दिनमा नै आन्तरिक तथा वाह्य पर्यटकहरुवाट रु १२ लाख भन्दा बढी रकम सङ्कलन भएको प्रतिष्ठानका देवराज घिमिरेले बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।